लन्डन । नेपाली कांग्रेसको युरोप जनसम्पर्क समितिहरुले संयुक्त रुपमा प्रेस बिज्ञप्ती प्रकाशीत गरेका छन् । पार्टी सभापति शेरबहादुर देउवा निकट मानिने जनसम्पर्क समितिका नेताहरु दिलबहादुर गुरुङ,गंगाधर गौतम र पूर्णबहादुर हमालले कांग्रेसको विधानमा नभएको संस्था युरो जनसम्पर्क समिति एक तर्फी खोलेर दिल बहादुर गुरुङ सभापति, पूर्ण बहादुर बरिष्ठ उपसभापति र गंगाधर गौतम महामन्त्री भई गत १२ बर्ष देखि बिना अधिबेसन आफ्ना गतिविधि चलाउदै आएको र बिधानमै नभएको संस्थाको अधिबेसनको बिरुद संयुक्त प्रेस बिज्ञप्ती निकालेको नेपाली जनसम्पर्क समिती बेलायतको सह कोषाध्यक्ष कुश बस्नेतले बताउनुभयो ।
संयुक्त प्रेस बिज्ञप्ती
औचित्य बिहिन युरोप भेला आदारणिय साथीहरु जय नेपाल, नेपाली कांग्रेसका संस्थापक नेता तथा महामानव बिपी कोईरालाद्वारा नेपाली कांग्रेसको लोकत्रान्त्रिक आन्दोलनका गतिबिधि हरुको अभियानलाई गतिशील रुपमा अगाडी बढाउन विदेशमा रहेका नेपाली कांग्रेसका नेता र कार्यक्रता तथा शुभेक्षुक हरुलाई संगठित गर्ने हेतुले स्थापना गरिएको नेपाली जनसम्पर्क समिति विश्वका कयौ मुलुकहरुमा सकृय छन।
लोकतन्त्र राष्ट्रियता र नेपाली जनताका हक अधिकारहरुका आधारभूत मुल्य र मान्यता तथा सेवा र सुबिधाहरूको आवश्यकतालाई सम्बोधन गर्ने समाजवादमा बिश्वास राख्ने तमाम देश प्रेमी तथा राष्ट्र भक्त लोकतान्त्रिक बिचारको शक्ति नेपाली कांग्रेसको चार तारे झण्डा मुनि गोलबन्द छन।
संसारको कुना कुनामा फैलिएर रहेका नेपालीहरुको हक,हित र मानव अधिकारको रक्षार्थ स्वदेश तथा बिदेशमा आफ्नो आवाज बुलन्द गर्न जिम्मेवारी सहित नेपाली जनसम्पर्क समितिले नेपालको लोकतान्त्रिक आन्दोलनमा ठुलो बलिदान सहितको योगदान र त्यस बाट प्राप्त उपलब्धी संस्थागत गर्न हाम्रो माउ पार्टीको सिद्धान्त लाई आत्मसात गर्दा सदैव लागिरहेको छ।अब कुरा गरौँ बिगत १२ बर्ष देखि नेपाली जनसम्पर्क समिति युरोपको बारेमा भएका चर्चा परिचर्चाहरुको बारेमा , यस्ता चर्चा र परिचर्चा बेला बखतमा धेरै पटक हुने गरेका छन ।
सन २००७ सालमा युरोपका केही अग्रजहरुको उपस्थितीमा युरोपभरी जनसम्पर्क समितीहरु गठन गर्ने र तिनीहरु लाई सकृय बनाउन समन्वयकारी भुनिका गर्ने उध्येश्यले दिल गुरुंगको संयोजकत्वमा एक समन्वय समिति गठन भएको थियो तर त्यसको उध्येय भनेको कुनै देशिय जनसम्पर्क समितीहरु लाई कमजोर बनाउने र उनीहरुको अधिकार कटौती गर्ने थिएन बरु यूरोप भरी जनसम्पर्क समितीहरु गठन गराई त्यस समितीले बिश्राम लिने थियो तर त्यो केही पनी नभई सिर्फ़ एकादो ब्यक्तीले ययलाई चरम दुरुपयोग गरी १२ बर्ष सम्म कुनै पनी बिधी र बिधान भित्र नपरी, कुनै पनी मान्यता नपाई केवल सिमित ब्यक्तीले आँफुखुशी संगठन छ भनेर नामको पछाड़ी युरोपको नेता झुन्डाएर हिड्नुको सिवाय अरु केही हुन सकेन ।
स्मरणरहोस गत वर्ष जर्मनीको फान्कफोर्टमा नेपाली जनसम्पर्क समिति जर्मनीको आयोजनामा युरोपका अधिकांस देशमा कृयाशिल नेपाली जनसम्पर्क समितिहरुको युरोपियन भेला भएको यहाहरूलाई अवगत नै छ।
उक्त भेलालाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य सुरेन्द्र पाण्डे ज्युले सम्बोधन गर्दै सार्वजनिक रूपमै भन्नु भएको थियो कि नेपाली जनसम्पर्क समन्वय समिति युरोप नेपाली कांग्रेसको विधानमा नै व्यवस्था नभएको कुरा स्प्ष्ट पार्नु भएको थियो ।
पुन: स्मरण गराउन चाहान्छौ की नेपाली कांग्रेसको विधानमा नेपाली जनसम्पर्क समिति युरोपको बारेमा कहिँ कतै पनि उल्लेख नभएको हुदा नेपाली कांग्रेसको बिधान बिपरित रहेको जानकारी गराउदछौ । यसै शिलशिलामा आगामी २२ जुलाई २०१८ का दिन नेपाली जनसम्पर्क समिती पोर्चुगलको अधिवेसनको अवसर छोपी त्यस्कै १ दिन अगाडी २१ जुलाईका दिन हुने भनिएको कथाकथित भ्रामिक र अबैधानिक नेपाली जनसम्पर्क समन्वय समिति युरोपको भेलामा उपस्थित नहुने जानकारी गराउँदै मिति आषाढ १३, २०७५ को चलानी नम्बर ६३३ बाट नेपाली जनसम्पर्क समन्वय समिति युरोपको नाममा बैधानिक जनसम्पर्क समितीहरु लाई लत्याउँदै अबैधानिक तवरबाट मुख्य सचिव द्वारा लेखिएको पत्रलाई बदर गर्न आदरणीय पार्टी सभापति ज्यु र महामंन्त्री ज्यू लाई विनम्रतापूर्वक हार्दिक अनुरोध गर्दछौ।
पार्टी उपसभापति ज्यु युरोप आउँदै गर्दा हामी स्वागत गर्दछौँ तर निर्वाचित र पार्टीले मान्यता दिएका यतीका जनसम्पर्क समितीहरु युरोपमा कृयासिल रहँदा रहँदै कुनै पनी जनसम्पर्क समितीहरु संग परामर्श नगरीएकोमा दुख ब्यक्त गर्दछु। साथै कुनै अबैधानिक समितीले बोलाएका भेलामा उपस्थित भई आफ्ना राय सुझाव केही पनी नदिईने र आगामी महासमिती बैठकमा पेस हुने गरी राय संकलन गर्न नेपाली कांग्रेसको बिदेश स्थित भातृ संगठन नेपाली जनसम्पर्क समिती नै आधिकारिक संगठन र संक्षम एवं सकृय संगठनहरु रहेकोले उक्त संगठनहरुलाई ओझेलमा पारी मुख्य सचिवको नाम बाट आएको पत्रको पुन ध्यानाकर्षण भएको समेत अवगत गराउँदै संसारका विभिन्न देशहरुमा सकृय रुपमा कार्यरत नेपाली जनसम्पर्क समितिले नेपाली कांग्रेसको नीति निर्देशन अनुसार पार्टीका गतिबधिको अभियानलाई गतिशील दिशामा अगाडी बढाउँने प्रतिबद्धता अनुसार अझै धेरै सकृय भूमिका निर्वाह गर्ने प्रण गर्दै नेपाली जनसम्पर्क समितिहरुको एकताले नेपाली कांग्रेसको नीति र निर्देशनलाई पालना गरी कार्यान्वयन गर्न अझै ससक्त रुपमा लाग्ने बिस्वास राख्दछौँ ।
नेपाली कांग्रेसको लोकतान्त्रिक आन्दोलनलाई अझ धेरै बलियो बनाउन युरोप भरिका विभिन्न देशमा कार्यरत नेपाली जनसम्पर्क समितिहरुको कार्यगत एकता र स्वदेश तथा बिदेशमा नेपालीहरुका हकहित र अधिकारहरुको लागी सधैव एक हुन सम्पुर्ण जनसम्पर्क समितीहरु लाई हार्दिक अनुरोध गर्दै पार्टीका बिदेश स्थित आधिकारिक भातुसंगठन लाई ओझेलमा पार्ने र अधिकारबिहिन बनाउने नियतले गर्न लागिएको यस्तो खाले भेला र यस बाट गरिने कुनै पनी निर्णयहरु लाई नेपाली जनसम्पर्क समितीहरुले मान्न बाध्य नहुने पनी ब्यहोरा पनी जानकारी गराउँदै , जुन समिती आँफैमा अबैधानिक छ, जुन समितीलाई अहिले १३ बर्ष सम्म केन्द्रले न मान्यता दिएको छ न त युरोपमा कतै दर्ता नै छ, न त यो समितीले महासमिती बैठकमा भाग लिन नै पाउँछ त यस्ता समितीले जनसम्पर्क समिका सभापतीहरु वा अग्रजहरु र महासमिती सदस्य हरु संग राय संकलन गर्ने कुनै अधिकार नभएकोले , औचित्याबिहिन यी र यस्ता खाले भेलामा बैधानिक समितीहरु वा युरोपमा स्थापित जनसम्पर्क समितीहरु उपस्थित हुन नसक्ने जानकारी गराउँदै आदारणिय केन्द्रीय उप सभापती बिमलेन्द्र निधी जस्तो गरिमममय पदमा पदासिन नेता बिबादमा नपर्नु हुन पनी हामी हार्दिक अनुरोध गर्दछौँ ।
जय नेपाल।
सीता सापकोटा,सभापती तथा महासमिती सदस्य नेपाली जनसम्पक समिती बेल्जियम
ध्रुब राज पौडेल संस्थापक अध्यक्ष नेपाली जनसम्पर्क समिती बेल्जियम
ईन्द्र क्षेत्री पकवान पुर्व अध्यक्ष नेपाली जनसम्पर्क समिती बेल्जियम,
शिखर खड्का सभापती नेपाली जनसम्पर्क समिती जर्मनी,
बिजय मोक्तान निबर्तमान सभापती नेपाली जनसम्पर्क समिती जर्मनी,
दिपक रेग्मी पुर्व अध्यक्ष नेपाली जनसम्पर्क समिती निदरल्यान्ड,
उत्तम कंडेल निबर्तमान अध्यक्ष नेपाली जनसम्पर्क समिती निदरल्यान्ड,
शुक्र राज न्यौपाने अध्यक्ष नेपाली जनसम्पर्क समिती आएरल्यान्ड हरि पौडेल सल्लाहकार नेपाली जनसम्पर्क समिती निदरल्यान्ड
चिन्तामणि सापकोटा संस्थापक अध्यक्ष नेपाली जनसम्पर्क समिती स्पेन
बालकृष्ण सापकोटा अध्यक्ष नेपाली जनसम्पर्क समिती लक्जुम्बर्ग
राजन शर्मा चापागाइ कार्यवहाँक अध्यक्ष नेपाली जनसम्पर्क समिती इटली,
श्याम सापकोटा अध्यक्ष नेपाली जनसम्पर्क समिती स्विटजर्ल्याण्ड,
एलिनी सुवेदी अध्यक्ष नेपाली जनसम्पर्क समिती पोल्याण्ड,
सिता अर्याल अध्यक्ष नेपाली जनसम्पर्क समिती साइप्रस,
कुश बस्नेत सह कोषाध्यक्ष नेपाली जनसम्पर्क समिती बेलायत