२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

सदस्यता लिन गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष योग कुमार फगामीको आग्रह

817 Shares
Spread the love

लण्डन । गैरआवासीय नेपाली संघ बेलायतका अध्यक्ष योग कुमार फगामीले एनआरएन यूकेको तर्फबाट सम्पूर्ण नेपालीहरुमा सदस्यता लिनको लागि हार्दिक अपिल गरेका छन् ।

गैरआवासीय नेपाली संघ युकेले आफ्नो स्थापना काल देखिनै बेलायतका विभिन्न राज्यमा बसोबास गर्ने नेपालीहरुलाई सदस्यता वितरण गर्दै आइरहेको छ । वर्तमान कार्यसमितिले आफ्नो कार्यकालमा १० हजार नेपालीलाई एनआरएनए युकेको सदस्यता प्रदान गर्ने उद्देश्य अनुरुप बर्तमान एनआरएन युकेका उपाध्यक्ष शेर बहादुर सुनारको संयोजकत्वमा एनआरएनए युके सदस्यता वितरण समिति गठन गरिसकेको थियो। उक्त सदस्यता वितरण समितीलाई सहयोग गर्ने हेतुका साथ फगामीले अपील जारी गरेका हुन् ।

हामी नेपालीहरुलाई बिदेशी भुमिमा दुखपर्दा वा कुनै मानविय सहयता चाहिदा तथा हामी गैरआवासीय नेपालीहरुलाई नेपालमा लगानी गर्दा सहयोग गर्ने सस्था एनआरएननै हो , हामी नेपालीहरुको साझा सस्था एनआरएनलाई तपाई हामीले हातेमालो गर्दै अझ बलियो बनाउन तपाईहरु सबैले सदस्यता लिईदिनुहुन हार्दिक आग्रह गर्दछु ।

एनआरएनए युकेको नयाँ सदस्यता लिन चाहने तपाईहरुले एनआरएनए युकेको ईमेल वा वेब पेजमा सोझै सम्पर्क गरेर पनि सदस्यता लिन सक्नुहुने छ । साथै, नविकरण गर्न चाहने सदस्यहरुले म्याद भित्रै आफ्नो सदस्यता नविकरण गर्नुपर्दछ । सो नविकरण गर्नका लागि १० पाउण्ड सदस्यता शुल्क र ठेगाना प्रमाणित गराउने कागजात सहित अनलाईन वा कार्यालयमा आई नविकरण गर्नुपर्नेछ ।

गैर आवासीय नेपाली संघ बेलायत को आगामी सेप्टेम्बर १४ तारिक २०१९ मा हुने आठौ राष्ट्रिय महाअधिबेशन तथा कार्य समितीको समितीमा निर्वाचनमा भाग लिन यस भन्दा पहिले यस कार्य समितीले बिभिन्न पत्र – पत्रीका तथा अन्य संचार माध्यमहरुमा कार्यसमितीको मिड्ल्यान्डमा २२ अप्रिल २०१९ तारिकमा बसेको नियमित दशौ बैठकले जनामासमा सुचना प्रकासित गरी सकेको छ । सदस्यता मुलत: अनलाइन बाटै बन्नु पर्ने हुन्छ जस्को लागि www.nrnauk.org मा गै सदस्यता सम्बन्धी आवस्यकिय सुचना तथा कागजहरु उपलब्ध गराउन हुन अनुरोध छ तर ब्यवहाँरिक कठिनाईलाई सेमत ध्यानमा राख्दै कागजी फारम (नया – नबिकरन) समेत लाई मान्यता दिने कार्य समितीको निर्णय रहेको जानकारी गराउदछौ । यस सम्बन्धी सबै सुचनाहरु सस्थाको वेबसाइटमा उपलब्ध गराइएकोले यसै लाई अधिकारिकरुपमा लिनु हुन सेमत आग्रह गरिन्छ ।

सदस्यता सम्बन्धी नियमावली:

१) सदस्यता प्राप्त गर्न इच्छुक र योग्य महानुभावहरुले सदस्यता मुलत: अनलाइन बाटै बन्नु पर्ने हुन्छ जस्को www.nrnauk.org मा सदस्यता सम्बन्धी आवश्यकिय सुचना तथा कागजाजहरु उपलब्ध गराउनु पर्ने हुन्छ ।

२) ब्यवहारिक कठिनाइलाई सेमत ध्यानमा राख्दै कागजी फारम (नया नबिकरन) समेत लाई मान्यता दिने कार्यसमितीको निर्णय रहेको जानकारी गराउदछौ ।

३) यदि कागजी फारम भर्नु भएको अवस्थामा आवश्यकिय दस्तुर र कागजाज सहित NRNA UK को कार्यलय Empire Hall, High Street, Aldershot, GU11 1DJ मा ३१ जुलाई २०१९ साझ ८ बजे भित्र आई पुग्नु पर्ने छ । सो उप्रान्त सदस्यता फारमहरु यस पटकको अधिबेशनमा चुन्नु र चुनिने मान्य हुने छैन।

४) सदस्यता शुल्क £१० (१० पाउन्ड) प्रती ब्यक्ती (दुई बर्षको लागि परीचय पत्र सहित) कायम गरिएको छ । सो सुल्क सस्थाको नाममा रहेको बैंक खाता Lloyds Bank, Sort Code: 30-99-88, Account No: 54502768 मा डेबिड कार्ड वा पेपाल देखी पेमेन्ट गर्नु सक्नु हुने छ । साथै NRNA UK सस्थाको नाममा पोस्टल अर्डर, चेक वा नगद जम्मा गर्नुपर्ने हुन्छ । चेक वा पोस्टल अर्डर बैंकमा जम्मा भएको रुजु भए पस्चात मात्र सो सदस्यता नामावली प्रकासित गरिने छ ।

५) २ बर्ष भन्दा बढी युके मा बसोबास गरेको नेपाली नागरिकत वा नेपाली मुलका बिदेशी नागरिक (दक्षिण एसियाली मुलुक बाहेकको) प्रमाणित हुने कागजाज:

New membership को लागि (नयाँ सदस्यता बन्नको लागि)

क. ID Card (परीचय पत्र) (यि तलको मध्य कुनै एक)

Ø नेपाली/ ब्रिटिस राहदानी को प्रतीलिपी

Ø Full/Provisional Driving License को प्रतीलिपी (Utility bill पेस गर्नु नपर्ने)

Ø Biometrics Card Issued by Home Office को प्रतीलिपी

Ø नेपाल सरकार ले जारी गरेको एन आर एन एन कार्ड को प्रतिलिपी

Ø MOD (Minister of Defence) ID कार्ड

ख. Address Proof –

Ø Utility Bills (यि मध्य कुनै एक) – Gas, Electric, Water, Council Tax, GP Letter, Pension Credit Letter, Bank Statement, Driving License (३ महिना भित्रको हुनु पर्ने)

ग. पास्पोर्ट साइज को फोटो x1 (Latest Passport Size Photo x1)

नबिकरणको लागि (Renewable membership)

५) एन आर एन ए यु के को सदस्यताको (२०१७ – १९) प्रतिलिपी, पासपोर्ट साइजको फोटो सहित फारम भरी आवश्यकिय दस्तुर सहित NRNA UK को कार्यलय Empire Hall, High Street, Aldershot, GU11 1DJ मा ३१ जुलाई २०१९ साझ ८ बजे भित्र आई पुग्नु पर्ने छ ।

६) निर्वाचनको दिन आधीकारीक परिचय पत्र (माथी उल्लेखित) को सक्कल देखाएर मात्र मतदानमा भाग लिन पाउने छ ।

७) कुनै ब्यक्तीको सहमती बिना अन्य कुनै ब्यक्तिले सदस्यताको लागि आवदेन दिन पाउने छैन ।

८) सदस्यको संपर्क ठेगना आफु बस्ने स्थानको हुनु पर्ने छ । कुनै सस्था वा सार्वजनिक स्थलको मान्य हुने छैन ।

९) निर्वाचन सम्बन्धी सुचना निर्वाचन समितीले छुट्टै प्रकासित गर्ने छ ।

तोकिएको अनुसार सदस्यता बन्नु हुन हार्दिक अनुरोध गर्दछु। माथि उल्लेखित नियमानुसार प्राप्त नभएमा आबेदन खारेज भएमा आबेदक स्यम जिम्मेवार हुने समेत प्रस्ट पार्दछु। यदि कसैको सदस्यता को योग्यता सम्बन्धी उजुरी परेमा सदस्यता प्रमाणीकरण समितीले छानबिन गरी टुग्याउने छ।

प्रतिक्रिया