२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

हामी नेपाली ग्लोबल: कनेक्टिकटमा अन्तरकिया कार्यक्रम सम्पन्न , के हो हामी नेपाली ?

2299 Shares
Spread the love

अमेरिका – हामी नेपाली ग्लोबल  संस्थाले अमेरिकाको पुर्बी तटीय राज्य कनेक्टिकटमा अन्तरकिया कार्यक्रम सम्पन्न भएको छ ।  उक्त कार्यक्रममा आफ्ना संस्थापक सदस्यहरुलाई प्रमाण पत्र बितरण गरेको छ । कनेक्टिकट राज्यका कन्सुलर घन श्याम खड्काको अघुवाइमा कार्यक्रममा भएको हो ।

हामी नेपाली ग्लोबलका केन्द्रिय अध्यक्ष अमृत लामाले सम्पूर्ण संस्थापक सदस्यहरुलाई प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।

सोही अवसरमा बोल्दै अध्यक्ष लामाले विश्वभरका छरिएर रहेका नेपालीलाई एकबद्ध बनाई आफ्नो राष्ट्र र मातृभुमीको विकासमा समेत भुमिका खेल्ने अभिप्रायले विश्वभर जोडिन यस संस्थाको उदय भएको बताए । उनले संस्था जात धर्म र राजनीतिबाट विसुद्ध अलग रहेको भन्दै सम्पूर्ण नेपालीहरुलाई संस्थामा आबद्ध हुन आग्रह गरे ।

अध्यक्ष लामाले संस्थापक सदस्यहरुलाई संस्थाको उदेश्य र गतिविधिका बारे प्रष्ट पारेका थिए । उनले सम्पूर्ण संस्थामा आबद्ध पदाधिकारी सदस्यहरुलाई संस्थाको कार्यहरुमा सक्रियता पूर्वक भुमिका निर्वाह गर्न समेत आग्रह गरे । कार्यक्रममा समाजका अगुवाहरुले उठाएका जिज्ञासा र सुझावलाई मनन्. गर्दै संसथालाई अगाडी बढाउने प्रतिबद्धता अध्यक्ष लामाको रहेको थियो ।

अमेरिकाको न्यूयोर्कमा केन्द्रिय कार्यालय रहेको नेपालीहरुको अन्तर्राष्ट्रिय संस्था हामी नेपाली ग्लोबलले युरोप लगायत विश्वभरका देशमा शाखा कार्यलय गठन गर्ने कामलाई तिव्रता दिएको छ ।धर्म,जातीयता र राजनीतिबाट मुक्त अन्तर्राष्ट्रिय संस्था हामी नेपाली ग्लोबलले विश्वभर छरिएर रहेका नेपालीहरुलाई जोड्ने कार्यलाई तिब्रता दिदै जुन १६मा युरोप शाखा कार्यालय खोल्न लागेको हो ।

२०१८ नोभेम्बर २४ मा स्थापना भएको हामी नेपाली ग्लोवल संस्थाले २०७५ साल फागुन १७ ( मार्च १ , २०१९ ) मा नेपाल च्याप्टर गठन गरिसकेको छ । नेपाल च्याप्टर नेपालमा आधिकारीक रुपमा दर्ता पक्रिया समेत भई सकेको छ । प्रवासमा रहेका नेपालीहरुलाई आपत विपत परेमा सहयोग गर्ने हेल्पलाइनको रुपमा समेत संस्था परिचित हुँदै आएको छ ।

 

युरोपका जर्मन, बेल्जियम र नेदरल्याण्ड च्याप्टर गठनको लागी अध्यक्ष लामा केही दिनपछि अमेरिकावाट युरोप पुग्ने छन् । युरोपका ३ देशमा च्यापटर गठन गर्न अध्यक्ष लामा जाने कार्यक्रम तय भएको छ ।’ विश्वका ४० भन्दा मुलुकहरुमा हामी नेपाली ग्लोबलको सञ्जाल छन् ति सम्पूर्ण देशमा क्रमस च्याप्टर गठन गर्दै जाने सस्थाले जनाएको छ । ’पहिलो शाखाका रुपमा गत फागुनमा केन्द्रीय महासचिव मंगलदास श्रेष्ठले नेपाल च्याप्टरको गठन गरेका थिए ।

संस्थाले सामाजिक काम अन्र्तरगत म्याग्दीको वेनीका ३ दिने आँखा शिविर संचालन गरेको थियो । उक्त शिविरमा १६०० भन्दाबढिले आँखा जाँच गराएका थिए भने ८० भन्दा बढिले मोतियाविन्दुको उपचार गराएका थिए ।

त्यस्तै बारा र पर्साका हावाहुरी पिडितलाई संस्थाले राहत वितरण गरेको थियो ।संस्थाले नेपालमै नेपाली युवाहरुलाई विदेश पलायनबाट रोक्न भन्दै कृषी, शिक्षा सम्बन्धी विभिन्न कार्यक्रम योजना ल्याउन लागेको बताईएको छ । हामी नेपाली ग्लोबल संस्थालाई न्यूयोर्कको अमेरिकी सरकारले नेपाल–डेको मान्यता समेत दिइसकेको कारण संस्थाको अझ महत्व र आवश्यकता बढ्दै गएको देखिन्छ ।

युरोप लगतै मलेसिया, कतार , दुबई , जोडर्न, बहराइन, लेवलान,ओमन , स्विडेन , माल्टा , साइप्रस, माल्दिभ्स, बाङ्लादेश, इजरायल ,पोर्चुगल ,मकाउ, इराक , साउदी ,पोल्यान्ड , अष्ट्रेलिया, सिंगापुर , हङकङ,थाइल्याण्ड,डेनमार्क यी देशहरुमा गठनको तयारीमा रहेको अध्यक्ष लामाले जानकारी दिए ।

त्यस्तै युके, जापान, र कोरिया च्याप्टर गठनको लागी केन्द्रीय उपाध्यक्ष टेक वाईवा जाने कार्यक्रम तय भएको संस्थाले जनाएको छ ।

 

प्रतिक्रिया