२०८१, २२ आश्विन मंगलवार
×

ट्रेन्डिङ

नेविसंघका दुई धारः महर र राना पक्षबीच दरार

1736 Shares

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका उपाध्यक्ष राना समुहले महाधिवेशनका निम्ति भन्दै प्यानल नै घोषणा गरेको बिषय अनुशासनहिन र गैरजिम्मेवारीपन भएको कांग्रेस नेता प्रकाशशरण महतले बताउनु भएको छ । पार्टी अप्ठ्यारोस्थितिमा गुज्रिरहेका बेला विधि विधान विपरित गएर यो हर्कत गर्नु क्षम्य नहुने नेता महत्तको भनाइ छ ।

नेता महत्तले नेविसंघका सभापति नैन महरलगायतको समुह बसेर महाधिवेशनको मिति तय गरिने र समझारीको प्रयास थालिने पनि जानकारी दिनुभयो । मनपरी ढङ्ले विधिविधान विपरित अराजक नबन्न राना समुहलाई उहाँको सुझाव रहेको छ । सभापति महरको कार्यसम्पादनबाट असन्तुष्ट बनेका पदाधिकारीहरुले हिजै अधिबेनको घोषणा गरेका छन् ।

केन्द्रीय उपाध्यक्ष प्रकाश रानाको अध्यक्षतामा काठमाडौंमा बसेको बैठकले आगामी साउन २३ देखि २५ गतेसम्म कीर्तिपुरमा १२ औं महाधिबेशन आयोजना गर्ने निर्णय गरेको हो । जम्मा केन्द्रीय सदस्यहरुको ८७ जनाको उपस्थितिमा भएको बैठकबाट अधिबेशन घोषणा गरिएको हो ।

बैठकले उपाध्यक्ष रामप्रसाद अधिकारीको आयोजकत्वमा एक हजार एक सदस्यीय आयोजक समिति गर्ने निर्णयसमेत गरेको छ । बैठकबाट महाधिबेशनका लागि भन्दै विभिन्न १३ वटा उपसमितिहरु गठन गरिएको छ । बैठकमा महामन्त्री कुन्दनराज काफ्ले, उपाध्यक्ष प्रकाश राना, नविन राई, डिल्लीराम सुवेदी र रामप्रसाद अधिकारीको उपस्थिति थियो ।

प्रतिक्रिया