२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

‘ग्रिनवीच महोत्सव’को तयारी तीव्र रुपमा अगाडी बढ्दै , प्रवेश निःशुल्क हुने

1598 Shares
Spread the love

लण्डन । नेप्लिज युथ एशोसिएसन यूकेले साउथ ईस्ट लण्डनमा ग्रिनवीच काउन्सिल तथा विभिन्न नेपाली संघ सस्थाहरुसँग सहकार्य गर्दै ‘ग्रिनवीच महोत्सव’ आयोजना गर्ने भएको छ ।

बिगतमा ग्रिनवीच कप प्रतियोगिता भनेर आयोजना गर्दै गरेको सो कार्यक्रम अबदेखि महोत्सवकै रुपमा आयोजना गरिने भएको छ । फुटबल तथा भलिबल प्रतियोगिताका साथै विभिन्न सांगीतिक प्रस्तुतिहरुसहित हुंदै आएको कार्यक्रमलाई अझै बढि व्यापक बनाउँदै यस वर्षदेखि ग्रिनवीच फेस्टिभलका रुपमा आयोजना गर्ने तयारी तीव्र रुपमा भइरहेको नेप्लिज युथ एशोसिएसन यूकेका अध्यक्ष लक्ष्मण गुरुङले बताए ।

विगतमा ग्रिनविच कप आयोजना हुंदै आएको वुल्वीचको रोयल आर्टिलरी ब्यारेककै ग्राउण्डमा आउंदो जुलाई ६ मा फेस्टिभल आयोजना गर्ने तय भइसकेको छ ।

महोत्सवको रुपमा आयोजना हुने यस वर्षको कार्यक्रममा विगतमा जस्तै फुटबल तथा भलिबल प्रतियोगिता र लाइभ संगीतका साथसाथै विभिन्न नेपाली खानाका स्टल, बालबालिकाको लागि खेलकुद, नेपाली सामग्री तथा व्यवसायहरुदेखि कला, संस्कृति झल्काउने स्टलहरुसहितका मनोरञ्जनात्मक आकर्षणहरु थप गर्ने आयोजकको तयारी गरेको साथै प्रवेशनिःशुल्क हुने नेप्लिज युथ एशोसिएसन यूकेका उपाध्यक्ष राजन खकुरालले जानकारी दिए ।

एशोसिएसनका अर्का उपाध्यक्ष सुदर्शन गुरुङले गत वर्षको ग्रिनविच कपमा जस्तै यसबर्ष हुने ‘ग्रिनवीच महोत्सव’मा सबै नेपाली समुदायमा सहयोगको अपिल गरेका छन् ।

प्रतिक्रिया