२०८१, ६ चैत्र बिहीबार
×

ट्रेन्डिङ

अनुष्का शर्माले थर्काएका युवककी आमाले भनिन्, तिमीहरुका कारण मेरो छोराको ज्यान खतरामा

2748 Shares

एजेन्सी । बलिउड अभिनेत्री अनुष्का शर्माले बीच सडकमा अपरिचित व्यक्तिलाई हप्काएको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ।

शनिबार उक्त भिडियो भारतीय क्रिकेट टिमका कप्तान तथा अनुष्काका पति विराट कोहली सामाजिक सञ्जालमा पोस्ट गरेका थिए। बीच सडकमा कारमा बसेका एक व्यक्तिले सडकमा फोहोर फालेको देखेपछि अनुष्काले ती व्यक्तिलाई कारभित्रबाट हप्काएको भिडियोमा देखिएको थियो। भिडियो भाइरल भएपछि सडकमा फाहोर फाल्ने व्यक्ति पनि सार्वजनिक भएका छन्। उनको नाम अरहान सिंह रहेको बताइएको छ।

उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि फोहोर फ्याक्ने अरहान सिंहकी आमाले अनुष्का र विराटका कारण आफ्नो छोराको जीवन खतरामा परेको आरोप लगाएकी छन्। उनले दुबै जनाले गोपनीयताको अधिकार हनन गरेर आफ्ना फ्यान फलोअर्स बनाउन उक्त भिडियो शेयर गरेको बताएकी छन्।
उनले विराटले शेयर गरेको भिडियोको कमेन्टमा र आफ्नो पोस्टमा लेखेकी छन्, तिमीहरुले पैसाका लागि आफ्नो पब्लिसिटी बढाउन यी सबै गछौँ, उनकी आमा म हुँ, म यो कुरा भन्न चाहन्छु की तिमीहरुले मेरो छोराको अनुहार धुलाम्य बनाउन सामाजिक सञ्जालमा बेइजत गर्यौँ, उसका लागि खतरा पनि पैदा गरिदियौँ, मलाई अब मेरो छोराको सुरक्षाको चिन्ता हुन थालेको छ। तिमीहरुको हिम्मत कसरी भयो, अर्काको छवि, मनोबल र प्रतिष्ठाममा चोट पुर्याउने। आफुलाई राम्रो नागरिक बनाउन र फ्यान फलोअर्स बनाउन तिमीहरुले यस्तो गर्यौँ। तिमीहरुको हिम्मत कसरी भयो ? यदी तिमी दुबैलाई सरसफाइको यती धेरै चिन्ता हुन्थ्यो भने तिमीलाई आफ्नो गल्लिमा फालेको फोहोरको बारेमा जरुर केही सोच्थ्यौँ होला। तिमीहरुले आफ्नो क्षेत्रमा म्युनिसिपल अधिकारीका सामु यसको आवाज उठाउन सक्थ्यौँ, जुन तिमीहरुले गर्न सकेका छैनौँ।
केही दिनअघि सार्वजनिक भएको उक्त भिडियोमा अनुष्काले ती व्यक्तिलाई थर्काउँदै भनकी छन्, सडकमा किन फोहोर फालेको ? अबदेखि ध्यान राख्नु, सडकमा जथाभावी फोहोर फाल्न पाइदैन्, डस्टबिनको प्रयोग गर्नु।

विराटले उक्त भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्दै लेखेका छन्, यी व्यक्तिलाई सडकमा फोहोर फ्यालेको देखेर राम्रोसँग सम्झाइयो, ए व्यक्ति महंगो कारमा चढ्छन्, तर पनि यिनको दिमाग खराब छ। के यस्ता व्यक्तिले हाम्रो देश सफा राख्न सक्छन् रु

विराटको यो भिडियो निकै भाइरल बन्यो। कसैले यसको तारिफ गरे भने कतिले यस भिडियोलाई लिएर विराट र अनुष्काको ट्रोल बनाएका छन्।

प्रतिक्रिया