२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

लण्डनमा नेपाल प्रेस युनियनको २८ औँ स्थापना दिवस मनाइयो

4752 Shares
Spread the love

एभ्रेष्ट गौतम ।
लण्डन । लण्डनमा नेपाल प्रेस युनियनको २८ औं स्थापना दिवस मनाइएको छ ।
नेपाल प्रेस युनियन बेलायत शाखाले सोमवार लण्डनस्थित प्लमस्टेडमा एक कार्यक्रमको आयोजना गरि स्थापना दिवस मनाएको हो । 

कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, पत्रकार महासंघका महासचिव रमेस बिष्ट, गैरआवासीय नेपाली संघ युकेका पूर्व अध्यक्ष योगेन क्षेत्री नेपाल पत्रकार महासंघ बेलायतका वरिष्ठ उपा अध्यक्ष श्याम लुईटेल प्रेस यूनियन युरोप संयोजक संजय भक्त कंडेल एनआरएन उप-महासचिव विनय अधिकारी लगायतले शुभकामना मन्तव्य दिए । 

शाखाका अध्यक्ष बिपिन निरौलाको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन हेमन्त सेढाईले गरेका थिए । कार्यक्रममा जनसम्पर्क समिति वेलायतको उपसभापतिद्धय सुरज केसी, कोपिला सुब्वा, प्रवक्ता खुशि लिम्बु, सह- महामन्त्री उपेन्द्र पौडेल , नेसा अध्यक्ष केस बहादुर गुरुगं, गैरआवासीय नेपाली संघ युके महिला संयोजक लिला देवी गुरुगं, जिगेसोका महासचिव हरि कुमार मल्ल, बिपी अध्ययन प्रतिष्ठानका संयोजक अर्जुन कटुवाल लगायतले मन्तव्य दिए । 

प्रतिक्रिया