२०८३, २३ कार्तिक आईतवार
×

करण जौहरसंग प्रेम सम्बन्धबारे यसो भन्छन् प्रवल

2292 Shares

केही दिन अघिदेखि नेपाली फेसन डिजाईनर प्रबल गुरुङ निकै चर्चामा रहेका छन् । अमेरिकामा बसेर फेसन डिजाईनको दुनियाँमा हलिउड र बलिउडमा एक छत्र राज गरेका प्रबल प्रेमसम्बन्धलाई लिएर चर्चामा आएका हुन् । उनले बलिउडका चर्चित निर्माता एवं निर्देशक करण जौहरको जन्मदिनमा इस्टाग्राममा तस्बिरसहित पोस्ट गरेका थिए” प्यार किया तो डरना क्या ह्यापी बर्थ डे केजो” । उनले यतिबेला लेखिरहँदा हलिउड देखि बलिउडसम्म करण र उनीबीच प्रेम सम्बन्ध रहेको भन्दै विभिन्न मिडियाहरुले समाचार बनाएर स्थान दिए ।

हुन त प्रबल र करणबीच प्रेम सम्बन्ध रहेको चर्चा भएको अहिलेमात्र होईन धेरै पहिलेदेखि उनीहरुबीच केही न केही भएको चर्चा हुने गथ्र्यो तर प्रबलको उक्त पोस्टले झन आगोमा ध्यु थपेको थियो । उनको उक्त पोस्टमा अधिकांशले करणसंग प्रेम सम्बन्धलाई लिएर बधाई दिएका थिए । उता करणसंग आफनो प्रेमको चर्चा चलेपछि प्रबलले स्पष्टीकरण दिएका छन् । उनले एक बक्तव्य जारी गर्दै करण र आफुबीच कुनै प्रेम सम्बन्ध नरहेको बताएका छन् ।

उनले उक्त बक्तव्यमा करण आफनो दाई जस्तो भएको भन्दै समाचारको खण्डन गर्ने प्रयास गरेका छन् । उनले करण आफनो साथीमात्र नभई गुरु , मेन्टर , आफनो आत्मविश्वास भएको बताएका छन् । उनले आफु अरु कोहीसंग नै ५ बर्षदेखि प्रेम सम्बन्धमा रहेको तर त्यो व्यक्ति करण नभएको उल्लेख गरेका छन् । स्मरण रहोस प्रबलले केही समय अगाडी आफु समलिङगी भएको औपचारिकरुपमा स्वीकार गरेका थिए ।

प्रतिक्रिया