लण्डन । तमुधिं युकेको आयोजनामा सम्पन्न १७ औं गोर्खा कपको रिपोटिगं गएका पत्रकार माथि भेदभाव भएको छ । आइतबार अल्डरसटस्थित क्वीन्स एभेन्युमा समाचार संकलन गएका पत्रकारहरु माथि आयोजिकले अभद्र व्यवहार गर्दै भिआइपी पास नभएको भन्दै गेटबाटै फर्काएका थिए । खेल मैदानमा पुगेका नेपाल प्रेश युनियन बेलायत शाखाका अध्यक्ष एबम रातोपाटी संवाददाता लगायतका पत्रकारहरु त्यसै फर्किए ।
नेपाल प्रेश युनियनका केन्द्रीय अध्यक्ष बद्रि सिग्देल र नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्ट समेत औपाचारिक कार्यक्रम स्थलभित्र छिर्न नदिए पछि मैदानमै घुमिर फर्किए ।
तमुधिं युकेका मिडिया संयोजक रोहित गुरुगंलाई पत्रकार माथि भेदभाव भएको जानकारी दिइएको थियो तर उनले मेरो पनि यहाँ केहि चल्दैन् मैले भनेको कसैले सुन्दैन भनेर लाचार देखाएका थिए ।
दिनभरी चलेको खेलको उपाधि एफसी तोङबाले जितेको छ । प्रतियोगितामा रेडिङ युनिटीका सुनिल गुरुङ उत्कृष्ट खेलाडी घोषित भए ।
यस्तै, भेट्रानतर्फको खेलमा पूर्व विजेता इलाम एफसीलाई हराउँदै केन्टले एफसीले उपाधि हात पार्न सफल भयो । कुल १० टीमले भेट्रानतर्फ भाग लिएका थिए । जसमा भास्कर राई उत्कृष्ट खेलाडी घोषित भए ।कुल ३२ टीमले भाग लिएको ९ ए साइडको सो प्रतियोगिता लिगकम नकआउटका आधारमा खेलाइएको थियो । प्रतियोगितामा ननभेट्रानतर्फ विजेता टोलीले २५०० पाउण्ड नगद पुरस्कार, शिल्ड तथा ट्रफी र प्रमाणपत्र पाए भने उपविजेता टीमले १५०० पाउण्ड नगदसहित ट्रफी र प्रमाणपत्र पाए ।
विजेता र उपविजेता टोलीलाई प्रमुख अतिथि रसमुर बोरो काउन्सिलकी मेयर सु कार्टर, विशेष अतिथि नेपाली दुताबासका उपनियोग प्रमुख शरदराज आरन, तमुधिँका संस्थापक अध्यक्ष मीनप्रसाद गुरुङ, अध्यक्ष नन्दजंग गुरुङ, फुटबल एसोसिएसन इंग्ल्याण्डका लरेन्स जोन्स, पुरस्कारका प्रायोजकहरु आइडिया फर नेपालका अध्यक्ष गोकर्णप्रसाद श्रेष्ठ, बिसन सोलिसिटर्सका रविन अली, मेकवोर्थ अकाउण्टेन्टका राकेश गुरुङ, सिटी एक्सप्रेस मनी ट्रान्सफरका करम गुरुङ, गोरखा ट्राभल्सका दिलरास गुरुङ, कर्मा गोर्खा रेष्टुरेन्टका यमकुमार गुरुङ लगायतले शिल्ड, पुरस्कार, प्रमाणपत्र र ट्रफी प्रदान गरेका थिए ।
कार्यक्रममा मेयर सु कार्टर, नेपाली दुताबासका शरदराज आरन, एफए इंग्ल्याण्डका लरेन्स जोन्स, तमुधिँ युकेका अध्यक्ष नन्दजंग गुरुंग, गोरखा कपका सिइओ पीताम्बर गुरुङले गोरखा कपका बारेमा बोलेका थिए ।
यसैबीच आयोजकले पत्रकारमाथि कुनै दुर्व्यवहार नभएको दाबी गर्दै एक विज्ञप्तिमार्फत समाचारको खण्डन गरेको छ ।
तमु धिँ युकेको भनाई जस्ताको जस्तैः
