२०८३, २३ कार्तिक आईतवार
×

कुलमानलाई उर्जा थप्दै कलाकार ‘जाग कुलमान’ सार्वजनीक (भिडियो सहित)

1871 Shares

काठमाडौं – नेपाल विद्युत प्राधीकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बर्षौ देखी अन्धकारको भुमरिमा रोमलिएको देशलाई उज्यालोको बाटोमा डो¥याउने काममा अग्रसर रहेका छन् ।

लोडसेडिङको मारमा रहेको देशलाई लोडसेडिङबाट मुक्त बनाउन र उज्यालो तर्फ मुलुकलाई लैजान कुलमानले गरेको कामको प्रसंशा स्वदेश तथा विदेशमा रहेका नेपालीले गरिरहेका छन् ।
राजधानी काठमाडौंमा १८।२२ घण्टासम्म लोडसेडिङ हुने अवस्थालाई ब्यबस्थापन गर्दै कुलमान सहितको टिमले अहिले लोडसेडिङ मुक्त बनाएको छ । इच्छा शक्ति भए के सम्भव छैन र भन्ने ज्वलन्त उदाहरण कुलमानले देखाइ दिएका छन् ।

तर केही सांसद तथा कर्मचारी कुलमानको विरोधमा उत्रिएका छन् । विभिन्न आरोप प्रत्यारोप लगाउने काममा समेत सक्रिय भएका छन । कुलमानलाई कसरी असफल बनाउने र हिजोको जस्तो जनतालाई लोडसेडिङमा राख्ने र विभिन्न कम्पनीलाई विधुत आपुर्ती गर्ने र धन कुम्ल्याउने षडयन्त्रका साथ लागेको प्रस्टै देखिन्छ । तर कुलमान त्यस्ता चुनौती डटेर सामना गर्ने अभिव्यक्ति दिएका छन ।

त्यसैक्रममा ‘जाग कुलमान’ भन्दै कलाकारले गीत गाएका छन् । कुलमान तिमीले गर्दा उच्च भाको छ देशको स्वाभिमान भन्दै कलाकारहरुले गीत नै सार्वजनिक गरेका छन् । निमा घिसिङ तामाङ्गले रचना गरेको गीतलाई कुलेन्द्र विश्वकर्माले आवाज दिएका छन् । गीतमा कलाकार शंकर बीसी, सबिन पोखरेल, पार्वती राई, दुर्गेस थापा, महेन्द्र गौतम, आशा खड्का, कजिषा श्रेष्ठ, सुरबीर पण्डित, शिवहरी पौडेल, यादव देवकोटा, र बिमल अधिकारीको अभिनय रहेको छ । उक्त गीत प्रियसी म्युजिकको युट्युब च्यानलबाट सार्वजनिक भएको हो । हेर्नुस भिडियो

प्रतिक्रिया