२०८३, २३ कार्तिक आईतवार
×

‘प्रेमगीत ३’ : २५ जना युवती अडिसनका लागि छनौट

1305 Shares

चलचित्र जगतमा सर्वाधिक रुचाईएका चलचित्र‘प्रेम गीत’ को सिरिज ‘प्रेमगीत ३’ मामुख्य अभिनेत्रीका लागि २५ जना युवतीलाई अडिसनका लागि छनौट गरिएको छ ।

मामुख्य अभिनेत्री बन्नका लागी २ हजार ७ सय १४ जनायुवतीले आवेदन दिएकोमा २५ जना युवतीलाई अडिसनका लागि छनौट गरिएको हो ।

निर्माता तथा निर्देशक सन्तोष सेन, निर्देशक छेतेन गुरुङ, सिनेम्याटोग्राफर राजेश श्रेष्ठ लगायतको टिमले २७ सय १४ जनाबाट उत्कृष्ट २५ छनौट गरेका हुन् । तर उत्कृष्ट २५ बाट चलचित्रको ‘गीत’पात्रकालागि एक जना मात्रै छनौट गरिनेछ ।

आसुसेन फिल्म्स प्रोडक्सनले चलचित्रको मुख्य क्यारेक्टर गीतका लागी आसुसेन फिल्मस डट कम तथा आसुसेनको अफिसियल इमेलमा इच्छुकहरुबाट आबेदन मागेको थियो ।युवतीबाट चलचित्रको भित्रको पात्रको चरित्र, लुक्स, उचाई, अभिनय शैली, सुन्दरता लगायतलाई ध्यान दिइने निर्माता सन्तोष सेनले जानकारी दिए ।

प्रेमको जोडि ‘गीत’को लागि आएका आवेदन अधिकांश आकर्षक रहेकाले उत्कृष्ट २५ छान्न हामिलाई निकै हम्मे–हम्मे समेत परेको सेनको भनाई छ । ‘प्रेमगीत’मा प्रदीप खड्कासँग पूजाशर्माले रोमान्स गरेका थिए । भने ‘प्रेमगीत २’मा अश्लेषा ठकुरीले गीतको भूमिका निर्वाह गरेकी थिईन् ।

प्रतिक्रिया