२०८३, २३ कार्तिक आईतवार
×

‘६ माया छपक्कै’ को छायांकन शुरु, दशैँमा फिल्म रिलिज हुने

1313 Shares

काठमाडौं– रोहित अधिकारीको लगानीमा निर्माण हुन लागेको फिल्म ‘६ माया छपक्कै’ को छायांकन शुरु गरिएको छ । फिल्मका निर्देशक दीपेन्द्र लामाले काभ्रेबाट छायांकन थालिएको जानकारी दिए ।

आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मसको ब्यानरमा निर्माणमा बन्न लागेको यो फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, प्रकाश घिमिरे, रमा थपलिया लगायतका कलाकारको अभिनय रहनेछ ।

फिल्मलाई हरि गुमागाईँले खिचिरहेका छन् । दशैँमा रिलिज हुने पूर्व घोषणा गरिएको यो फिल्म कमेडी विधामा निर्माण हुनेछ । केही दिनअघि फिल्म युनिटले विशेष कार्यक्रमको आयोजना गरी फिल्मको औपचारिक घोषणा गरेको थियो ।

प्रतिक्रिया