२०८३, २३ कार्तिक आईतवार
×

गायक प्रेमध्वज प्रधान लण्डनमा

2040 Shares

लण्डन । वरिष्ठ गायक प्रेमध्वज प्रधान लण्डन भ्रमणमा आएका छन् । मगर संघ यूकेको कार्यक्रमको लागी ८२ वर्षीय गायक प्रधान विहीबार लण्डन आइपुगेका हुन् ।

प्रधानलाई हिथ्रो विमानस्थलमा राजदूत डा दुर्गाबहादुर सुवेदी, मगर संघ युकेका पदाधिकारी लगायतले स्वागत गरेका थिए ।

उनले ‘घुम्तीमा नआउ है आंखा तिमी जुधाउन‘’ लगायतका कालजयी गीत गाएका छन् । प्रधानको यो पहिलो लण्डन भ्रमण भएको बताइएको छ ।

जुन १ तारिख शनिबार मगर संघ बेलायतले फार्नबरो फुटबल क्लबमा आयोजना गरेको कार्यक्रममा गायक प्रधानको प्रस्तुति रहनेछ ।

प्रतिक्रिया