हलिउडकी चचिए गायिका एवं नायिका सेलेना गोमेज आफनो प्रेम सम्बन्धको कारण सधै चर्चामा आउँने गर्छन् । २६ बर्षीया यी गायिकाको प्रेम जस्टिन विवरसंग पनि चल्यो । उनीहरुको प्रेम टिकेन त्यसपछि पनि सेलेनाको प्रेमको चर्चा बेला बेला नभएको होईन तर अचानक उनको बिवाहको खबरले भने यतिबेला सबैलाई तिन छक नै खुवाईदिएको छ । सेलेनाको बिवाहको कुरा छक्क पार्ने किसिमको यस कारण पनि भयो की उनले आफनै सहकर्मी ६८ वर्षे बिल मुर्रेसँग बिवाह गर्दैछिन् । सेलेनाले यस कुरालाई स्वंयम आफुले नै पुष्टी गरेकीछिन् ।

उनले इन्स्टाग्राममा कान्स फिल्म फेस्टिवलमा पहिलो पटक सहभागीता जनाएको तस्बिर पोस्ट गर्दै बिल मुर्रेसँग बिवाह गर्न लागेको बताएकीछिन् । उनले लेखेकीछिन “म यो फिल्मको हिस्सा हुन पाउँदा निकै भाग्यमानी महसुस गरिरहेकी छु । अँ साँच्ची, म र बिल बिवाह गर्दैछौँ” । कान्सको रेड कार्पेटमा पनि यी दुईको निकटता देखिएको थियो जसको कारण पनि उनीहरुबीच केही चल्दैछ की भनेर टिकाटिप्पणी भएका थिए । कान्समा उनीहरु एकअर्कासंग निकै सहजरुपमा एक–अर्काको हात समातेर बसिरहेको भेटिएका थिए ।

मुर्रे पनि सेलेनाको प्रशंसा गरेर थाक्दैनन् । उनले भ्यानिटी फेयरसँगको कुराकानीमा भने “मलाई उनी निकै मनपर्छ । उनी निकै तीक्ष्ण छिन्, असाध्यै दयालु पनि । आफूलाई मनपर्ने पप आइकन भेटिँदा निकै खुसी छु ।”यता सेलेनाले ६८ वर्षे पुरुषसंग बिवाह गर्न लागेको उल्लेख गरे पछि सामाजिक सञ्जालमा उनलाई यस्तो नगर्न सल्लाह दिईरहेका छन् भने कतिले बिल मुर्रेको सम्पत्तिका लागि सेलेना अन्धो भएको भन्दै प्रतिक्रियाहरु दिईरहेका छन् ।

