लण्डन । एनआरएन स्थापनाकालदेखि हरेक कार्यकालमा सल्लाहकारको जिम्मेवारी समाल्दै आएका हाल एनआरएन यूकेको उपाध्यक्षको जिम्मेवारी समालीरहेका शेर बहादुर सुनारले आगामी निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
उपाध्यक्ष शेर बहादुर सुनारले सन् २००३ सालदेखि गैरआवासीय नेपाली संघमा आबद्ध भए पनि कुनै पनि पदको लागि दावी नगरेको चर्चा गर्दै आफ्नो लामो अनुभवको आधारमा अध्यक्षमा दाबेदारी प्रस्तुत गरेका बताए । उनले हाम्रो मान्छे मात्र होइन राम्रो मान्छे चुन्न पनि आग्रह गरे । मिडल्याण्डमा आयोजित धादिङको नीलकण्ठ नगरपालिका १४ स्थित धुवाँकोटमा रहेको तमैरातमाटे माध्यमिक विद्यालयमा पुस्तकालय स्थापनाको सहयोगार्थ एक च्यारिटी कार्यक्रमको आयोजना गरियो उक्त कार्येक्रममा सुनारले मिडल्याण्डबासीको एकताको प्रसंसा समेत गरे ।
गैर आवासीय नेपालीको इतिहासमा एनआरएन यूके संस्थापक एनसिसी पनि भएको नाताले सो एनसिसीलाई सबल, नमूना र उदाहरणीय बनाउने मेरो योजनालाई मुर्तरुप दिन आगामी निर्वाचमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेको हुँ उनले भने ।
मिडल्याण्डको ओल्डवरीस्थित द स्यामसन ब्यांकेटिङमा आयोजित कार्यक्रममा बेलायतस्थित नेपाली सेफहरु, संघसँस्थाका प्रतिनिधीहरु, व्यवसायीहरु, पत्रकार लगायतको बाक्लो उपस्थिती रहेको थियो ।
कार्यक्रममा स्थानीय कलाकारहरु शिक्षा पौडेल, चञ्चल पन्थी लगायतको पनि प्रस्तुती रहेको थियो । सो च्यारिटी कार्यक्रमबाट १० लाख रुपैयाँ संकलन भएको संस्थाका संस्थापक अध्यक्ष कृष्ण तिमल्सिनाले जानकारी दिए ।
हेरौ भिडियो :