अमेरिका– गैर आवासीय नेपाली संघ एनसीसी अमेरिकाको अध्यक्षमा सुनिल साह विजयी भएका छन् । आफ्ना प्रतिद्धन्दीभन्दा झण्डै दोब्बर मतले साह विजयी भएका हुन् ।
साहले तीन हजार सात सय ११ मत प्राप्त गरेका छन् ।साहले अन्य दुई अध्यक्षका प्रतिस्प्रर्धीलाई पछि पार्दै अध्यक्ष पद आफ्नो पोल्टामा पार्न सफल भएका छन ।
अध्यक्षका अर्का प्रत्यासी सुर्य लम्सालले १ हजार ९ सय ५२ मत प्राप्त गरेका छन् भने सञ्जय थापाले १ हजार ८ सय ८ मत प्राप्त गरेका छन् । निर्वाचनमा २१ जनाको मत भने नो भोटमा परेको थियो ।
निर्वाचनमा सुनिल शाहले नेतृत्व गरेको प्यानलले प्राय पदमा विजय हासिल गरेको बताईएको छ ।
वरिष्ठ उपाध्यक्षमा डा अर्जुन बण्जाडे, उपाध्यक्षहरुमा विआर लामा, कृष्णजीवी पन्त, सवज्र्ञ वाग्ले र बुद्धी सुवेदीले जितेका छन् ।
महासचिवमा पशुपति पाण्डे, सचिवमा अमृत कट्टेल, कोषाध्यक्षमा नेत्रबन्धु पोखरेल, सहकोक्षाध्यक्ष्मा सन्तोष विष्ट,महिला संयोजकमा दीक्षा बस्नेत विजयी भएका छन् ।