काठमाडौं —अमेरिकाको न्यूयोर्कमा केन्द्रिय कार्यालय रहेको नेपालीहरुको अन्तर्राष्ट्रिय संस्था हामी नेपाली ग्लोबलले युरोपका ३ देशमा शाखा विस्तार गर्ने भएको छ।
धर्म,जातीयता र राजनीतिबाट मुक्त अन्तर्राष्ट्रिय संस्था हामी नेपाली ग्लोबलले विश्वभर छरिएर रहेका नेपालीहरुलाई जोड्ने कार्यलाई तिब्रता दिदै युरोप शाखा कार्यलय खोल्न लागेको हो । संस्थाले गत २०७५ साल फागुन १७ ( मार्च १ , २०१९ ) मा नेपाल च्याप्टर गठन गरिसकेको छ । नेपाल च्याप्टर नेपालमा आधिकारीक रुपमा दर्ता पक्रिया समेत भई सकेको छ ।

शाखा कार्यलाई तिव्रता दिदै आउदो जुन १६ तारिखमा युरोप शाखा गठन गर्न लागिएको संस्थाका केन्द्रीय अध्यक्ष अमृत लामाले जानकारी दिएका छन् । लामाका अनुसार विश्वभरका छरिएर रहेका नेपालीलाई एकबद्ध बनाई आफ्नो राष्ट्र र मातृभुमीको विकासमा समेत भुमिका खेल्ने अभिप्रायले विश्वभर जोडिन लागेको हो । उनले संस्था जात धर्म र राजनीतिबाट विसुद्ध अलग रहेको बताए ।

संस्थाले देशको सामाजिक आर्थिक विकासलाई समेत टेवा पु¥याउने उदेश्य संस्थाको रहेको अध्यक्ष लामाको भनाई छ । ‘हामी प्रवासी भएतापनि आफ्नो मातृभुमी र देशको लागी सामाजिक एव्म आर्थिक क्रियाकलापमा टेवा पु¥याउने उदेश्य राखेका छौं ‘उनले भने ‘देशबाट युवाहरु विदेशीने क्रम बढ्दो छ त्यसलाई न्यूनिकरण गर्ने सकिन्छ की भन्ने उदेश्य बोकेर अगाडी बढेका छौं । ’अध्यक्ष लामाले नेपालमा लगानी मैत्रि वातावरण बनेको भन्दै त्यसको सदुपयोग गर्दै आफ्नो मातृभुमीमा सेवा गर्न समेत सबैलाई आव्हान गरे । उनले भने ‘हामी सम्पूर्ण विदेशीएका नेपालीहरुले विभिन्न क्षेत्रका लगानी गर्ने स्वदेशमै नेपाली यूवालाई रोजगारी सृजना गराउने पक्षमा समेत संस्थाको कार्ययोजना रहेको छ’ । उनले प्रवासमा रहेका नेपालीहरुलाई आपत विपत परेमा सहयोग गर्ने हेल्पलाइनको रुपमा समेत संस्था रहेको जानकारी दिए ।

युरोपका जर्मनी , बेल्जियम र नेदरल्याण्ड च्याप्टर गठनको लागी अध्यक्ष लामा केही दिनपछि अमेरिकावाट युरोप पुग्ने कार्यक्रम रहेको जानकारी दिए । युरोपका ३ देशमा च्यापटर गठन गर्न अध्यक्ष लामा जाने कार्यक्रम तय भएको छ’ ।’ विश्वका ४० भन्दा मुलुकहरुमा हामी नेपाली ग्लोबलको सञ्जाल छन् ति सम्पूर्ण देशमा क्रमश च्याप्टर गठन गर्दै जानेछौं ।’

संस्थाले सामाजिक काम अन्तरगत म्याग्दीको वेनीका ३ दिने आँखा शिविर संचालन गरेको थियो । उक्त शिविरमा १६०० भन्दाबढिले आँखा जाँच गराएका थिए भने ८० भन्दा बढिले मोतियाविन्दुको उपचार गराएका थिए ।

त्यस्तै बारा र पर्साका हावाहुरी पिडितलाई संस्थाले राहत वितरण गरेको थियो ।
संस्थाले नेपालमै नेपाली युवाहरुलाई विदेश पलायनबाट रोक्न भन्दै कृषी, शिक्षा सम्बन्धी विभिन्न कार्यक्रम योजना ल्याउन लागेको बताईएको छ ।
हामी नेपाली ग्लोबल संस्थालाई न्यूयोर्कको अमेरिकी सरकारले नेपाल–डेको मान्यता समेत दिइसकेको कारण संस्थाको अझ महत्व र आवश्यकता बढ्दै गएको देखिन्छ ।

त्यस्तै युरोप लगतै मलेसिया, कतार , दुबई , जोडर्न, बहराइन, लेवलान,ओमन , स्विडेन , माल्टा , साइप्रस, माल्दिभ्स, बाङ्लादेश, इजरायल ,पोर्चुगल ,मकाउ, इराक , साउदी ,पोल्यान्ड , लन्डन , अष्ट्रेलिया, सिंगापुर, दक्षिण कोरिया , हङकङ,थाइल्याण्ड,डेनमार्क गरी २५ देशहरुमा गठनको तयारीमा रहेको लामा जानकारी दिए ।
