काठमाडौं – गायक निर्मल पनेरुले ‘म जन्मिदा भावी सायद थियो हतारमा,भाग्य लेख्नै बिर्सिएछ मेरो निधारमा’ बोलको गित सार्वजनिक गरेका छन् ।
ओएसआर डिजिटलको युटुवल च्यालनमार्फत उक्त गित सार्वजनिक भएको हो ।गायक पनेरुको स्वरमा तथा शीतल कादम्बिनीको शब्द रहेको उक्त गितमा हरि लम्सालले संगीत भरेका छन । गीतको म्युजिक भिडियोमा मिलन कार्कीको अभिनय रहेको छ । म्युजिक भिडियोको निर्देशन निकेश खड्काले गरेका हुन।
नेपाल प्रहरीका प्रहरी निरीक्षक समेत रहेका पनेरु ्सानै बच्चाकाल देखी नै गित संगीतमा रुची राख्थे । ११ /१२ बर्षको उमेर देखी गीत गाउदै आएका पनेरु बहुप्रतिभाशाली व्यक्तीका रुपमा समेत परिचित हुँदै आएका छन् । भूगर्भ शास्त्रमा स्नातकोत्तर गरेका पनेरु पढाइमा समेत उत्तिकै अब्बल छन् । ६ वर्ष पहिले नेपाल प्रहरी सेवामा प्रवेश गरेका गायक पनेरु त्यसयता कार्यव्यस्तताले राम्रोसँग आफ्नो गायन क्षेत्रलाई अगाडी बढाउन सकेका थिएनन् । तर अब आफ्नो रुची एव्म गायकीलाई अगाडी बढाउदै लैजाने सोच रहेको बताउँछन् । भन्छन् ‘६ वर्षयता गाउन पाएको छैन । अब यसलाई पनि बिस्तारै अगाडि बढाउने योजनामा छु’, । उनले यस अघि प्रतिक्षामा नामक गीतमा आवाज पनि दिइसकेका छन् ।
निरीक्षक पनेरु नेपाल प्रहरीको संगठनात्मक गीत समेत गाईसकेका छन् । उनले पछिल्लो संविधान दिवसका दिन सैनिकमञ्च टुंडिखेलामा संयुक्त प्रस्तुती दिएका थिए । गायक पनेरु अहिले प्रहरी प्रधान कार्यलयमा कार्यरत छन् ।
भिडियो