२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

मेरो योजनाहरुलाई मुर्तरुप दिन अध्यक्षमा उम्मेदवारी घोषणा गरेको हुँ : शेर बहादुर सुनार

3406 Shares
Spread the love

लण्डन । एनआरएन स्थापनाकालदेखि हरेक कार्यकालमा सल्लाहकारको जिम्मेवारी समाल्दै आएका हाल एनआरएन यूकेको  उपाध्यक्षको जिम्मेवारी समालीरहेका शेर बहादुर  सुनारले आगामी निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्  । विशेष गरि एनआरएन यूकेको  अध्यक्षमै उम्मेदवार किन र एनआरएनमा  सुनारले दिएका योगदान , वर्तमान कार्यकालमा भएका महत्वपूर्ण काम लगायत विविध विषयमा हामीले सुनवारसँग विशेष कुराकानी गरेका छौ ।

प्रस्तुत अध्यक्षका उम्मेदवार  सुनारसँग गरिएको कुराकानीको सम्पादीत अंश :

गैर आवासीय नेपाली संघको आगामी निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ, अध्यक्षमा नै तपाईको उम्मेदवारी किन ?

गैर आवासीय नेपाली संघ स्थापना भएको डेढ दसक नाघीसकेको छ । सर्वप्रथम एनआरएन स्थापनाको संस्थापक पञ्जीकृत सदस्य भएको नाताले एनआरएन यूकेमा मैले गर्दै आएको र पुर्याएको योगदान महत्वपूर्ण रहँदै आएको छ ।

विशेषत एनआरएन यूके नै ग्लोबलमा पहिलो एनसिसी भएको यहाँहरुमा अवगतै छ । हो, त्यही पहिलो एनसिसीको सस्थापक पञ्जीकृत सदस्य हुन पाउँदा आफूलाई गौरववोध हुन्छ । एनआरएनको यो अवधिमा एनआरएन स्थापकालदेखि अघिल्लो कार्यकाल २०१७ सम्म मैलै एनआरएनए एनसिसी बेलायतको सल्लाहकारको जिम्मेवारीमा रहँदै आए ।

यो एनआरएनको इतिहासमा यूकेको हकमा भन्नुपर्दा म नै होला कुनै पनि कार्यकालमा सल्लाहकारमा नछुटेको । मैले २०१७ देखि २०१९ सम्म उपाध्यक्षको भूमिका निर्वाह गरिहँदा यो अवधिमा मैले गरेको निकै महत्वपूर्ण कार्यलाई आगामी दिनमा नेतृत्व गर्न पाएमा एक नमूना र उदाहरणीय एनसिसी बनाउन सकिने परिकल्पना गरेको छु ।

गैर आवासीय नेपालीको इतिहासमा एनआरएन यूके संस्थापक एनसिसी पनि भएको नाताले सो एनसिसीलाई सबल, नमूना र उदाहरणीय बनाउने मेरो योजनालाई मुर्तरुप दिन आगामी निर्वाचमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेको हुँ ।

मलाई लाग्छ, अध्यक्षमा नै किन भन्ने प्रश्न आम गैर आवासीय नेपालीमाझ गरिरहनु पर्दैन होला । किनकी आम गैरआवासीय नेपालीले बेलायतमा काम गर्ने ब्यक्तीलाई रोज्नुहन्छ । विशेष गरि कामको मूल्यांकनलाई बढी ध्यान दिनुहुन्छ । त्यही कारणले अध्यक्षमै किन भन्ने प्रश्न घाम जत्तिकै छलंग हुनेछ ।

गैर आवासीय नेपाली संघको इतिहासमा यहाँको योगदान अतुलनीय रहँदै आएको अवगतै छ, यहाँले अहिलेसम्म गर्नुभएको वा योगदान पुर्याउनु भएको काम चाँही के हो र ?
यहाँहरुलाई अवगतै छ, म अहिले गैर आवासीय नेपाली संघ यूकेको उपाध्यक्षका साथै सदस्यता वितरण संयोजक पनि हुँ । पछिल्लो २०१७ देखि २०१९ कार्यकालमा हामीले सबैभन्दा ठूलो काम सदस्यता विस्तार अभियानलाई जोड दिएका छौ । हामीले १० हजार पञ्जीकृत सदस्यता बढाउने उद्देश्यका साथ विभिन्न क्षेत्रमा अभियान नै सञ्चालन गर्न सफल भयौ ।

विशेषत हाम्रो अभियान सफल पनि बनेको छ । यो एनआरएन यूकेको इतिहासमा निकै महत्वपूर्ण काम हो भन्ने मलाई लाग्छ । किनकी बेलायतमा अहिले झन्डै डेढदेखि २ लाख नेपाली बसोबास गर्ने अनुमान गरिएको छ । त्यो जनसंख्यामा निकै कम मात्र एनआरएनको पञ्जीकृत सदस्य हुनुहुन्छ ।

गैर आवासीय नेपाली संघ विदेशमा बस्ने नेपालीको साझा संस्था हो भनीरहँदा यो संस्थामा आबद्धता कम हुनुले यसको गरिमालाई बढाउँदैन । त्यसै कारण संस्थामा आबद्धता कसरी बढाउन सकिन्छ र अझ भनौ सबैको साझा बनाउन सकिन्छ भन्ने मुख्य अभिप्रायले हामीले १० हजार पञ्जीकृत सदस्यता बनाउने अभियान सञ्चालन गरेका हौ ।

म सदस्यता वितरण संयोजकको नाताले यो दुई वर्षको कार्यकालमा दिनरात नभनी यो अभियानमा योगदान गरेको छु भन्ने लाग्छ । यो कुरा आम बेलायतबासी नेपाली दिदी बहिनी दाजु भाईहरुमा अवगतै छ ।

त्यस्तै, म आफैमा रिटायर्ड ब्रिटीस आर्मी भएको नाताले ब्रिटीस गोरखालीहरुको भावनालाई नजिकका साथ बुझेको छु । अहिले पनि ब्रिटीस गोर्खाजको आवाजलाई सशक्त ढंगले अगाडि बढाउने कार्यमा महत्वपूर्ण योगदान गर्दै आएको छु ।

साथै बेलायतमा बस्ने हरेक गैर आवासीय नेपालीहरुको भावना, समस्यालाई राम्ररी बुझेकाले आगामी नेतृत्व गर्न पाएमा सबैको लागि हितकर हुने थियो कि भनेर अगाडि बढेको छु ।

मैले माथि नै भने हामी बोलेर नभई काममा विश्वास गर्ने भएकाले विगतको योगदानलाई कदर गर्दै अवसर प्रदान गर्नुभएमा मेरो नेतृत्व अहिलेसम्मकै नमूना र उदाहरणीय बनाउने प्रण समेत गर्न चाहान्छु ।

यहाँको एनआरएनमा आबद्धता कहिले भयो र कुन कुन जिम्मेवारीमा रहेर काम गर्नुभयो ?

मैले माथि उल्लेख गरेअनुसार नै एनआरएन स्थापकालदेखि नै म यस संस्थामा आबद्ध हुँदै एनआरएन अभियानमा प्रवेश गरेको हुँ । एनआरएनको स्थापनाकाल २००३ मा भएको हो ।

२००५ देखि २००६ मोहन्त श्रेष्ठ अध्यक्ष हुँदा एन आर एन को अभियान मा  छु  । त्यसपछिको हरेक कार्यकालमा लगातार एन आर एन को अभियान  सधै भइरहे । जस्तो, २००६ देखि २००८ अशोक श्रेष्ठ अध्यक्ष हुुँदा देखि, २००८ देखि ०९ डम्बर घले हुँदा सल्लाहकार, २००९ देखि २०११ सूर्य गुरुग हुँदा सल्लाहकार, २०११ देखि ०१३ कुल आचार्य हुँदा सल्लाहकार, २०१३ देखि ०१५ योगेन्द्र बहादुर क्षेत्री, महेन्द्र कँडेल हुँदा सल्लाहकार, २०१५ देखि ०१७ मुछेन्द्र गुरुगं हुँदा सल्लाहकार, हाल २०१७ देखि २०१९ सम्म उपाध्यक्ष रहँदै आएको छु ।

मेरो सदस्यता २००६ को कार्ड नम्बर ६ हो । माथिको इतिहास हेर्दा अघिल्लो कार्यकालसम्म सल्लाहकार र अहिले उपाध्यक्ष भएको नाताले अब अध्यक्षको लागि योग्य र सबल छु भन्ने लाग्छ ।

यहाँको सामाजिक संघसंस्थामा के कस्तो योगदान रह्रयो ?

मैले बेलायतका दर्जनभन्दा बढी संघसंस्थामा बसेर काम गरिसकेको छु । सामाजिक संघसंस्थाको कुरा गर्दा सिर्जनशील नेपाली समाज यूकेको फाउण्डर प्रेसिडेन्ट एवं संरक्षक, इन्टेक १९८५ का फाउण्डर प्रेसिडेन्ट एवं सल्लाहकार, शिव कल्चर नेपाली कम्युनिटीका संस्थापक उपाध्यक्ष, लम्जुङ समाज युकेका सल्लाहकार, ग्रेटर रसमोर नेपाली कम्युनिटिका सल्लाहकार, यति एसोसियशन युकेका सल्लाहकार रहेको छु । यसका अलवा विभिन्न संघसंस्थामा बसेर काम गरेको अनुभव छ ।

जाँदाजाँदै अन्तमा आम बेलायतबासी नेपालीलाई के भन्न चाहानुहुन्छ ?
आम बेलायतबासीमाफ मैले समग्र बेलायतमा यति लामो समयसम्म बसेर गरेको काम, एनआरएनको अभियानमा हासिल गरेको अनुभव, विभिन्न सामाजिक संघसंस्थामा पुर्याएको योगदान आदिलाई ध्यानमा राखेर आगामी कार्यकालको लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेको छु ।

मलाई लाग्छ, यहाँहरुको साथ र सहयोग विगतमा पनि मिल्दै आएको छ । आगामी दिनमा पनि मिल्ने नै छ भन्ने पूर्ण विश्वास लिएको छु । धन्यवाद ।

प्रतिक्रिया