कुनै समय नाम एउटै भएको कारण नायिकाद्धय बर्षा राउत र बर्षा सिवाकोटीलाई लिएर दर्शकहरु नै झुक्किने गर्थे । यी दुईबीच भयंकर राम्रो सम्बन्ध पनि थिएन र नराम्रो पनि थिएन । दुबै जना म्युजिक भिडियोबाट सिनेमा क्षेत्रमा प्रबेश गरेका , नाम पनि एउटै भएको कारण यी दुईलाई प्रतिष्पर्धीको रुपमा हेरिन्थ्यो । यस्तै कुराले यी दुईबीच तित्तता नै आयो । बर्षा सिवाकोटीले गोपी फिल्म छाड्नु र बर्षा राउतले उक्त फिल्ममा काम गर्नुले यी दुईबीच केही दुरी भने आएको पक्का हो । यतिमात्र होईन ‘मेरो पैसा खोई’ मा पनि बर्षा सिवाकोटीले फिल्म छाडेपछि अर्की बर्षाले काम गरेको भन्ने चर्चा थियोयस बिषयमा दुबै बर्षाले आफनो आफनो राय दिएका थिए । बर्षा सिवाकोटीले भने बर्षा राउतलाई लक्ष्ति गर्दे आफनो कारणले अरुले फिल्म पाईरहेको समेत भन्न भ्याईन । यही बिषयमा बर्षाले सिवाकोटीले छाडेको फिल्म गरेको भन्दै अर्की बर्षाको बारेमा बनाईएको ट्रोल सेयर गरेपछि उनीहरुको सम्बन्धमा थप तितोपन आयो ।
यही बिषयमा बर्षा राउतले मेरो बेइज्जत गरेको ट्रोल लाइक , सेयर गरेर बर्षा सिवाकोटी खुसी हुन्छ भने होस भनेकी थिईन । त्यसपछि यी दुई नायिकाबीच बोलचाल नै थिएन । यता जेठ ३ मा दुबैको फिल्म एकसाथ लाग्ने भएपछि मिडियाहरुले एकअर्काका प्रतिष्पर्धीमात्र होईन दुश्मनकै रुपमा चित्रण गरेका थिए । सोही कारण पनि बर्षा सिवाकोटीले बर्षा राउतको नाममा लामो स्टाटस लेखेकी थिईन जहाँ उनले आफुहरु दुश्मनी नभएको बताएकी थिईन् । सोही स्टाटसमा बर्षा राउतले पनि प्रतिक्रिया दिएकी थिईन । यसैबीच बर्षा राउतले बर्षा सिवाकोटीको स्टाटसले आफु भावुक बनेको बताएकीछिन् । एक अन्तरवार्ताको क्रममा उनले बर्षा सिवाकोटीको स्टाटसले आफु रोएको बताईन ।

त्यतीमात्र होईन स्टाटस पढेपछि उनले मोबाईल नै फुटाएको समेत बताईन् । उनले बर्षा सिवाकोटीसंग नराम्रो सम्बन्ध नरहेको दाबी गर्दै बर्षा सिवाकोटीले छाडेको फिल्म आफुले गर्दा नराम्रो जस्तो देखिएको उनको भनाई छ । तर बर्षा सिवाकोटीले बर्षा राउतको खिल्ली उडाएको ट्रोल सेयर गर्नु अनि बर्षा राउतले मेरो खिल्ली उडाएको ट्रोल सेयर , लाईक गरेर उसलाई खुसी मिल्छ भने मिलोस भनेर दिएको जवाफले चाही यी दुईबीच केही तित्तता भने आएको पक्का हो । तर जे जस्तो भए पनि यी दुई बर्षाबीच भएको यो मिठो पुर्नमिलनलाई सबैले प्रशंसा गरेका छन् । यी दुई नायिकाबीच केही चिसोपन आउँदा दुबैका फ्यानहरु सामाजिक सञ्जालमा खुबै भिड्ने गर्थे अब चाही त्यो बन्द हुन्छ की ?
