२०८३, २३ कार्तिक आईतवार
×

शल्यक्रियापछि यस्तो देखिईन् स्वेता भन्छिन् :- “अझै केही समय काम गर्न सक्दिन”

1659 Shares

नायिका , निर्मात्री , बिजनेस म्यानदेखि समाजसेवी समेत रहेकी स्वेता खड्का गर्धनमामा ट्युमर भएपछि हेल्लो जिन्दगीको सुटिङ नै छोडेर भारतमा शल्यक्रिया गर्नु प¥यो । आफुले दोस्रो जीवन पाएको भन्दै स्टाटस लेखेपछि धेरैले उनको सुस्वाथ्यको कामना गरे । उनको सफल शल्यक्रिया भएपनि पुर्णरुपमा स्वास्थ्यलाभ भने गरिसकेकी छैनन् । अस्वस्थ्य भएसंगै स्वेताले उक्त फिल्मबाट पनि हात झिकिन् । उनले आजमात्रै सामाजिक सञ्जालमाफर्त आफुले तत्कालै काम गर्न सक्ने अवस्थामा नरहेको बताएकीछिन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै भनेकीछिन् “मेरो स्वास्थ्य अवस्था नाजुक भएकाले अझै केही हप्ता काम गर्न सक्दिन । निको हुनेबित्तिकै काममा फर्किहाल्ने प्रतिबद्धता गर्दछु ।” उनले आफनो लागि प्रार्थना गरे र शुभेच्क्षा प्रकट गर्नेहरुलाई धन्यावाद दिँदै उनी अगाडी लेख्छिन “मैले सबैलाई रिप्लाई दिन सकिरहेको छैन । तर सबैलाई म धन्यवाद दिन चाहान्छु” । उनले आफनो उपचारमा संलग्न भएका डाक्टरहरुलाई पनि धन्यवाद दिएकीछिन् ।

प्रतिक्रिया