२०८०, १५ मंसिर शुक्रबार
×

ट्रेन्डिङ

थाइल्याण्डको गुफामा दुई हप्तादेखि थुनिएका सबैजनाको उद्धार

1634 Shares

एजेन्सी । थाइल्याण्डमा बाढीका कारण विगत दुई हप्तादेखि गुफामा थुनिएका सबै जनाको मङ्गलबारसम्ममा उद्धार गरिएको थाइल्याण्डको नौसैनिक एक एकाईले आफ्नो फेसबुक पेजमा जनाएको छ ।

फुटबलको तालिमका लागि गएका १२ बालक तथा उनीहरूका खेल प्रशिक्षक अठार दिनदेखि व्यापक वर्षापछि आएको बाढीका कारण गुफामा फसेका थिए ।

नौसैनिक स्रोतले दिएको जानकारी अनुसार फसेका सबैजनालाई सकुशल उद्धार गरीएको छ । यद्यपि लामो समयदेखि गुफामा रहँदा उनीहरूको स्वास्थ्यमा नकारात्मक तथा मनोवैज्ञानिक प्रभाव परेको हुँनसक्ने भन्दै अस्पताल भर्ना गरिएको हो ।

नौसेनाल भनेको छ, “सबैजना, १२ बालक र प्रशिक्षकलाई गुफाबाट सकुशल उद्धार गरिएको छ । उनीहरू सबै खतरामुक्त रहेका छन् ।”
यद्यपि उद्धारका लागि गुफाभित्र गएका चार जना भने मङ्गलबार यो समाचार तयार पार्दासम्म अझै बाहिर आइसकेका छैनन् ।

उनीहरू बाहिर निस्कने क्रममा बाटोमा नै रहेका बताइएको छ ।

प्रतिक्रिया