२०८३, २३ कार्तिक आईतवार
×

नायक सुर्दशन बिरुद्ध इन्टरपोलद्वारा रेडनोटिस जारी

1782 Shares

नेपाली फिल्म हिम्मतवालीबाट सिनेमा क्षेत्रमा प्रबेश गरेका नायक सुदर्शन गौतमविरुद्ध इन्टरपोलले ‘रेडनोटिस’ जारी गरेको छ। मानव तस्करीमा संलग्न रहेको भन्दै उनीबिरुद्ध इन्टरपोलले ‘रेडनोटिस’ जारी गरेको हो । करिब साढे ८ महिनाको प्रक्रियापछि गौतमविरुद्ध रेडनोटिस जारी भएको प्रहरी महानिरीक्षक (आईजीपी)  तथा इन्टरपोल शाखा प्रमुख उमेश जोशीले बताए । रेडनोटिस जारी भएसँगै अब इन्टरपोलका सदस्य रहेका १ सय ९२ देशका प्रहरीले सुर्दशनको खोजी गर्नेछन् । सुर्दशन लगायतको समूहले नेपाली युवतीहरुलाई अमेरिका भन्दै हाइटी पुर्याएको आरोप छ । उनीहरुलाई फिल्म सुटिङका नाममा उनीहरुलाई हाइटी लगिएको थियो ।

तर त्यहाँ पानीजहाज बिग्रिएपछि त्यहाँका सुरक्षा गार्डले उनीहरुलाई नियन्त्रणमा लिएका थिए । त्यहाँबाट अमेरिकन दूतावासको सहयोगमा नेपाली युवतीहरुलाई नेपाल फर्काइएको थियो । त्यसपछि नै सुर्दशनको मानव तस्करीको धन्दाको खुलासा भएको हो । सुर्दशनले अमेरिका लैजाने भन्दै पीडित युवतीसँग ६० लाख सम्म लिने गरेको बताईएको छ । दुबै हात नभएका सुर्दशनले सगरमाथा समेत चढिसकेका छन् । उनलाई सिनेमा क्षेत्रमा भित्राउने काम भने नायिका रेखा थापाले गरेकी थिईन् । रेखाको नाम सुर्दशनसंग समेत जोडिएको थियो ।

प्रतिक्रिया