बलिउडमा यस्ता कमै प्रेमी जोडी छन् जसको चर्चा र चासो निकै बढि भएको हुन्छ । तीनै जोडीहरुमा पर्ने नाम हो अर्जुन कपुर र मलाइका अरोरा । अरबाज खानसंग डिभोर्स भएसंगै अर्जुन र मलाइकाको प्रेम चक्कर चल्यो । उनीहरुको प्रेम चक्करले बलिउडदेखि उनीहरुको परिवारसम्ममा पनि उताडचढाव ल्यायो । अर्जुनले मलाइकासंग सम्बन्ध जोडेपछि सलमान खानले उनलाई आफनो घरमा नो इन्ट्री बोर्ड लगाईसकेका छन् भने अर्जुनको घरमा पनि मलाइकालाई लिएर कोही सहमत त कोही असहमत छन् ।

यी दुईको प्रेम सम्बन्धको चर्चा लामो समयदेखि भईरहेको छ यतिसम्म की उनीहरु चाडै बिवाह गर्ने तयारीमा रहेको समेत चर्चा चल्यो तर उनीहरु दुबैले न त सम्बन्धको बारेमा बोले नत बिवाहको बारेमा नै । यसबीचमा अर्जुनले हालै एक मिडियासंगको कुराकानीमा आफुले बिवाह गर्न लागेको कुरालाई अस्वीकार गरेका छन् । उनले आफु भर्खरैमात्र ३३ बर्ष लागेकोले तत्काल बिवाहको कुनै योजना नरहेको बताएका छन् । मलाइकासंगको सम्बन्धकोबारेमा भने उनले मलाइका आफनो लागि स्पेशल रहेको स्वीकार गरेका छन् । अर्जुन मलाइका भन्दा १३ बर्षले कान्छा छन् ।
