२०८३, २४ कार्तिक सोमबार
×

चलचित्र ‘जात्रै जात्रा’को गीत ‘जीवन जात्रा हो’ सार्वजनिक (भिडियो)

2378 Shares

काठमाडौं– प्रदीप भट्टराइको निर्देशन रहेको फिल्म ‘जात्रै जात्रा’ले ‘जीवन जात्रा हो’ बोलको दोस्रो गीत सार्वजनिक गरेको छ । केही पहिले सार्वजनिक ‘माया पिरती’ बोलको गीतले चर्चा पाइरहँदा निर्माण युनिटल यो गीत पनि सार्वजनिक गरेको हो ।

सार्वजनिक गीतमा स्वर तथा संगीत कालीप्रसाद बाँस्कोटाको रहेको छ । गीतमा शब्द अर्जुन भट्टराई र कोरियोग्राफी प्रविन सिंहको रहेको छ ।

गीतमा फिलमका मुख्य कलाकार विपिन कार्की, रविन्द्र झा र रविन्द्र सिंह बानियाँ देखिएका छन् । गीतमा कलाकार अलि फरक लुकमा देखिएका छन् । रविन्द्र सिंह बनियाँ कार्यकार निर्माता रहेको फिल्ममा यज्ञश्वर पौडेल र सिंगे लामाको लगानी छ ।

फिल्ममा विपिन कार्की, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, दयाहाङ राई, बर्षा राउत, राजाराम पौडेल लगायतको मुख्य भूमिका रहेको छ । फिल्म ‘जात्रा’ हिट भएपछि यसको सिक्वेलको रुपमा यो निर्माण भएको हो । त्यसैले पनि यो फिल्म प्रति धेरैको अपेक्षा छ । फिल्ममा शंकर महर्जन द्वन्द्व, कालीप्रसाद बाँस्कोटा र कृष्ण भारद्वाजको संगीत छ ।

हेर्नुहोस भिडियोः

प्रतिक्रिया