२०८३, ९ आश्विन शुक्रबार
×

ट्रेन्डिङ

युएईमा ‘पहिलो डम्फू साँझ-२०१९’ सम्पन्न

1623 Shares
Spread the love

युएई– ‘पहिलो डम्फू साँझ–२०१९’ तथा वृहत साँस्कृतिक कार्यक्रम युएईमा भब्यताका सम्पन्न गरेको छ । ‘हाम्रो डम्फू हाम्रै शान, यसैमा छ तामाङ पहिचान’ भन्ने मुल नाराका साथ अप्रिल १९ शुक्रबार देरा दुबईस्थित कालर्टन टावर होटेलको सभाहलमा डम्फू साँझ समितिले कार्यक्रम सम्पन्न गरेका थिए ।

 

कार्यक्रममा प्रमुख अतिथिमा आदिवासी जनजाति महासंघ युएईका अध्यक्ष पासाङ शेर्पाले नेपाली नयाँ वर्षको आगमनसंँगै तामाङ समुदायसंग जोडिएको मौलिक बाजा डम्फूलाई प्रबासमा रहेर पनि संरक्षण र प्रवर्द्धनमा जोड दिदै भावि पुस्तालाई समेत डम्फूबारे जागरण दिलाउन गरिएको कार्यक्रम प्रति खुसी व्यक्त गरे । उनले थपे–‘युवाहरु नाचगानमा मात्र सिमित नभई राजनीतिक रूपमा अगाडि आएमा डम्फूको संरक्षण गर्न सकिन्छ ।’

 

कार्यक्रममा विशेष अतिथि फिस्टेल ट्राभल्स एण्ड टुरिजमका संचालक ठाकुर प्रसाद ढुंगानाले जातिय मौलिक बाजागाजाहरु पनि नेपालीकै भएकाले यसलाई राज्यले जातिय नजरले हेर्नू सिङ्गो नेपालको अपमान हुने बताए ।

आदिबासी जनजाति पत्रकार संघका अध्यक्ष अनिस तामाङले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकारहरु बरिस्ठ गायिका इन्दिरा गोले,गायिका जीतु लोप्चन,गायकहरु विश्व दोङ,फुलकुमार बम्जन,सुमन घले,निर्माता तथा नायक अमिर दोङ,नायिका सुनिता लुङ्बा,सुस्मा मोक्तान लगायतले आआफ्ना प्रस्तुति राखेका थिए ।

समारोहमा विशेष अतिथि तामाङ समाज युएईका अध्यक्ष महेश मोक्तानले सांस्कृतिक जागरणका लागि गरिने यस्ता कार्यक्रमले तामाङ समुदायको पहिचान झल्काउन टेवा पुग्ने र पुस्तौ पुस्ता सम्म तामाङ समुदायको चिनारी दिगो रहने बताए ।

कार्यक्रममा नेपाली समाजका अध्यक्ष सिपि सापकोटा, काभ्रे सेवा समाजका अध्यक्ष दिल वाइबा,त्रिशुली समाजका उपाध्यक्ष निशा लामा,सर्लाही सेवा समाजका अध्यक्ष फतेन्द्र मगर,नमस्ते ट्राभल्स एण्ड टुरिजमका अध्यक्ष एकेन्द्र थापा,जनसम्पर्क समितिका अध्यक्ष खेमराज बस्नेत,नेपाली जन प्रगतिशील मोर्चाका अध्यक्ष मनोज काउछा, प्रवासी मन्चका अध्यक्ष श्याम कँडेल लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेका थिए ।

कार्यक्रमका सभापति समितिका संयोजक सुरेन्द्रज थिङ तामाङ रहेका थिए । नेपालबाट आमन्त्रित उद्घोषिका स्मारिका थिङ तामाङले सञ्चालन गरेकी थिइन् ।

समितिले फिस्टेल ट्राभल्स एण्ड टुरिजम र हिमालयन एयरलाइन्सको मुख्य प्रायोजक र नमस्ते ट्राभल्स,नशा नेपाली लाइभ दोहोरी साँझ, नेपाली रेष्टुरेन्ट लगायतका सहप्रायोजकमा डम्फू सांँझ सम्पन्न गरेको हो ।

प्रतिक्रिया