२०८३, ११ आश्विन आईतवार
×

ट्रेन्डिङ

युएईको लागि नवनियुक्त नेपाली राजदूत ढकालको एनआरएनएद्वारा स्वागत

1999 Shares
Spread the love

युएई– युएईको लागि नवनियुक्त नेपाली राजदूत कृष्ण प्रसाद ढकाललाई युएईमा भब्य स्वागत गरिएको छ।

नेपाल एसोसिएशन (एनआरएनए) युएईको संयोजकत्वमा युएईमा रहेका ४ दर्जनभन्दा बढी सामाजिक संघसस्था एवम् व्यवसायीहरूको उपस्थितिमा नवनियुक्त राजदुत ढकाललाइ शुक्रबार दुबईमा स्वागत गरेका हुन् ।

कार्यक्रममा नेपाली नयाँ २०७६ को शुभकामना आदान प्रदान पनि गरिएको थियो । राजदुत ढकालले नयाँ बर्षको सबैलाई शुभकामना दिँदै युएईमा रहेका नेपाली कामदारको हक हितको बारेमा सदैब काम गर्ने बँताए ।

उनले विगत लामो समयदेखि प्रगाढ सम्बन्ध रहेको मित्रराष्ट्र यूएईले नेपालीहरूका लागि सकारात्मक र महत्वपूर्ण भूमिका खेलेको बताए ।

कार्यक्रममा नेपाल एसोसिएशन (एनआरएनए) युएईका अध्यक्ष रमेश श्रेष्ठले यूएईमा रहेका विभिन्न नेपाली संघ संस्थासँग सहकार्य गर्दै अगाडि बढ्ने बताए । आफ्नो कार्यकाल सकेर तिन वर्षअघि राजदुत धनन्जय झा नेपाल फर्किए पछि रिक्त पदमा ढकाल नियुक्त भएका हुन् ।

प्रतिक्रिया