1093
Shares
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद-NRNA NCC अमेरिकाको २०१९ को निर्वाचनमा रबिन बज्राचार्यले कोषाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गरेका छन्।
बज्राचार्यलाइ जनसम्पर्क समिति न्युयोर्क च्याप्टरका सभापति रोशन ढुंगानाको प्रस्तावमा र नेपाल आदिबासी जनजाति महासंघका बरिष्ठ उपाध्यक्ष राजकुमार बिष्टले समर्थनमा उम्मेदवारी दर्ता गरेका हुन्।
ललितपुरको बुबहालका बज्राचार्य न्यूयोर्क बस्दै आएका छन्। गैरआवासीय नेपाली संघमा बज्राचार्य २०१४ देखि सकृय रुपमा गतिबिधिहरुमा सहभागी हुँदै आएका छन्।
उनले आफू संस्थालाई मर्यादित रुपले लैजान यसका आर्थिक गतिबिधि र आर्थिक अनुसाशन अनि पारदर्शिता हुनु जरुरी छ भन्छन। त्यसैले आफूले यो पटक कोषाध्यक्षका लागि उम्मेदवारी दर्ता गराएको बताए।