२०८३, २४ कार्तिक सोमबार
×

‘कलंक’ लाई नेपाल रिलिजको बाटो खुल्यो

1163 Shares

बलिउडमा हिजोबाट रिलिजमा आएको फिल्म कलंक निर्धारित मितीमा नेपालमा रिलिज हुन सकेन । चलचित्र बिकास बोर्डका अध्यक्ष केशव भट्टराईले बिदेशी फिल्मको रिलिजमा कडाई गर्ने उदेश्यले सेन्सर बोर्डलाई फिल्म सेन्सर गर्न आदेश नदिएसंगै फिल्मको रिलिज रोकिएको थियो । केशवले यतिबेला यात्रा र ए मेरो हजुर ३ रिलिज भईरहेको समयमा बलिउडको चर्चित रिलिज हुँदा असर पर्ने भन्दै कलंकलाई निर्धारित समयमा रिलिज हुन दिएनन् । उनले गरेको यो बोल्ड निर्णयको सबैले प्रशंसा गरे भने कतिपयले आलोचना पनि गरे । तथापी उनको यस कदमलाई सकरात्मकरुपमा नै हेर्न सकिन्छ । के त्यो भए कलंक अब नेपालमा रिलिज हुँदैन त ? होईन यो फिल्म शुक्रबारबाट रिलिज हुने भएको छ । फिल्मले सेंन्सरपास समेत गरिसकेको छ ।

सञ्जय दक्त , माधुरी दिक्षित , आलिया भट्ट , बरुण धवन , सोनाक्षी सिन्हा र सिद्र्धाथ राय कपुरको मुख्य अभिनय रहेको यो फिल्म यतिबेला निकै चर्चामा रहेको फिल्म हो । चर्चा यस कारण पनि की कुनै समय प्रेम सम्बन्धमा रहेका माधुरी र सञ्जय दक्तले लामो समयपछि एकसाथ काम गरेका छन् । तर बलिउडमा यस फिल्मलाई समिक्षकहरुले झुर भनेका छन् भने दर्शकहरुबाट पनि फिल्मले मिश्रित प्रतिक्रिया पाईरहेको छ । फिल्मले फस्ट डे २१ करोड ६० लाख कलेक्सन गरेको छ । समिक्षकले दिएको प्रतिक्रियाकै आधारमा फिल्म हेर्ने दर्शकहरु निकै हुन्छन् यस्तो समिक्षकको झुर प्रतिक्रियाले नेपाल रिलिज कत्तिको प्रभावित हुन्छ त्यो भने रिलिज भएपछि नै थाहा हुनेछ ।

प्रतिक्रिया