लेस्टर । बेलायतको प्रसिद्ध सहर लेस्टरमा टुकी नेप्लिज युथ क्लबले अप्रील १५ सोमबारका दिन नेपाली नयॉं वर्ष भव्यताका साथ सम्पन्न गरेको छ । लेस्टरको अवार्ड विनिंग रेस्टुरेन्ट तड्कामा सम्पन्न उक्त कार्यक्रम क्लबका अध्यक्ष श्री टिकाराम सापकोटाको अध्यक्षतामा नेपाली राष्ट्रिय गानका साथ् पन्चकन्याबाट क्लबको आइकन टुकी बालेर सुरु भएको थियो भने नेपालबाट पाल्नु भएका बुवा पदमलाल खरेल र आमा पवित्रा खरेललाइ अध्यक्ष सापकोटा र संस्था कै संस्थापक संयोजक श्री भानुभक्त घिमिरेले दोसल्ला ओडाई सम्मानित गर्नुभएको थियो ।
उल्लासमय उपस्थितिका साथ सम्पन्न उक्त कार्यक्रमको संचालन संस्थाकै सचिब श्री शिव पराजुली र कोषाध्यक्ष श्री दशरथ खरेलले संयुक्त रुपमा गर्नु भएको थियो ।
कार्यक्रममा नेपाली डिजे, स्वादिस्ट परिकार एबम बिभिन्न सांगीतिक कोसेलीका साथमा स्थानीय कलाकारहरु बलराम चौलागाई, रुपा खरेल, सितल घिमिरे , मधु गौतम र रामलाल पंचोलाको पृथक नृत्य र संगीतले कार्यक्रमको माहोल तताएको थियो ।
सम्पूर्ण कलाकारहरुलाई अध्यक्ष सापकोटाद्वारा पुरस्कार र कृतज्ञता पत्रले सम्मानित गरिएको थियो । कार्यक्रममा हेल्थ एंड सेफ्टी र स्वयम् सेवकको रुपमा उपाध्यक्ष चौलागाई र सदस्यहरु बाबुराम भण्डारी , सशिधर सापकोटा, मधु गौतम, दावा लामा र जीवन पुडासैनीले भूमिका निर्वाह गर्नुभएको थियो । यस संस्थाका सह-सचिब श्री दिनेश खरेल विषेश कारणबस प्रत्यक्ष उपस्थित हुन असमर्थ जनाएका अथितीहरुको शुभकामना सन्देश पढेर सुनाएका थिए।
कार्यक्रम रातको ११ बजे सम्म चलेको थियो भने कोषाध्यक्ष श्री काशिराम घिमिरेले सम्पूर्ण आयव्ययको जानकारी दिदै देशभक्ति मुलक गितका साथमा बुबा आमाको आशिर्वाद लिंदै कार्यक्रमको समापन भएको थियो ।
यस. पराजुली लेस्टर