बलिउडमा बायोपिक फिल्मको टेंड निकै छ । बनेका बायोपिकहरुमा पनि अधिकांश फिल्म सफल पनि भएका छन् । कतिपय बायोपिकहरु बिवादमा आए भने ती फिल्महरु बल्लबल्ल रिलिज भए । यस्तै समस्या भोगेको छ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फिल्म पिएम नरेन्द्र मोदी । यो फिल्म अप्रिल ५ मा नै रिलिज हुनु पर्ने हो तर चुनावको संघारमा रहेको बेला बिपक्षी दलहरुले यो फिल्म रिलिज हुनै दिएनन् । उनीहरुले चुनाव आयोगमा उजुरी नै दर्ता गरी फिल्म रिलिज रोक्न माग गरेका थिए ।
यता निर्माताहरुले आयोगलाई चुनौती दिँदै सुप्रिम कोर्टमा अर्काे रिट दायर गरेका थिए । त्यसोत अदालतले पनि उक्त फिल्मको रिलिज रोक्ने कुनै कारण नै छैन भन्दै भनेको थियो तर ब्यापक हस्क्षेपपछि सुप्रिम कोर्टले फिल्म हेरेपछि मात्र फिल्ममाथि प्रतिबन्ध लगाउने की नलगाउने भन्ने निर्णय दिन चुनाव आयोगलाई निर्देशन दिएको थियो ।

यता बलिउडमा पनि अधिकांशले मोदीको यस फिल्मलाई समर्थन गरेनन् । जसको कारण यस फिल्मको रिलिज नै अन्यौलमा प¥यो । भारतले बालाकोटमा गरेको आक्रमणपछि मोदीको भारतमा वाह्वाही नै चलेको थियो । यस्तोमा फिल्मको ट्रेलर रिलिज हुँदा भयंकर समर्थन र प्रशंसा मिल्ला भन्ने अपेक्षा गरिएको थियो तर ट्रेलर रिलिज भएपछि फिल्ममा देखाईएको कुरा मोदीको वास्तविक जीवनसंग कति मेला खान्छ भन्दै प्रश्न उठाए । कतिले खिल्ली पनि उडाए ।
यता चुनावको संघारमा मोदीको फिल्म रिलिज हुँदा चुनावी परिणाम नै प्रभावित हुने भन्दै फिल्म रिलिज हुनै दिईएन । फिल्ममा मोदीको भूमिकामा देखिएका विवेक ओवरायले चौकीदारसंग सबै डराएको , बलिउडले पनि समर्थन नगरेको भन्दै आक्रोस पोखे । यस्तै यस्तै तनावका बीच निर्माण टिमले फिल्मको ट्रेलर नै युट्युवबाट हटाएको छ । रिलिज नै अन्यौल भएपछि निरास भएर फिल्मको ट्रेलर हटाईएको हुन सक्ने अनुमान गरिएको छ ।