२०८३, २४ कार्तिक सोमबार
×

रियालिटी टीभी शो “बिग बोस” को फ्रेन्चाईजी अब नेपालमा

2101 Shares

विश्वव्यापीरुमा चर्चित रियालिटी शो बिग बोसका दर्शकहरु नभएका कमै होलान् ।नेदरल्यान्डसको इन्डिमोल साइनद्वारा सञ्चालित बिग ब्रदर रियालिटी टीभी शोको फ्रेन्चाईजी बिग बोस अब नेपालमा पनि आउने भएको छ । आइम्याक्स प्रोडक्सनले नेपालमा उक्त शो औपचारिकरुपमा नै ल्याएको हो । आज सोमबार एक कार्यक्रमकाबीच नेपालमा ल्याईएको उक्त फ्रेन्चाईजी शो टिभी रियालिटी शोमा अहिलेसम्मकै ठुलो हुने दाबी गरेको छ । प्रडक्सन हाउसले कानूनी रूपमा बिग ब्रदर नेदरल्यान्डको फ्रेन्चाईजी शो भित्राएको हो।

आइम्याक्सले नेपालमा बिग बोस भित्राउनुको उदेश्यले नेपालमा रहेका विभिन्न क्षेत्रका हस्तीहरुलाई सबैमाझ ल्याउनु र नेपाली फिल्म उद्योगको बिकासमा सहयोग पु¥याउनु रहेको बताएको छ । यस कार्यक्रममार्फत नेपाल र नेपाली सिनेमा क्षेत्रलाई अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन मद्धत पुग्ने आइम्याक्सले विश्वास लिएको छ । शो बिग ब्रदरकै संरचना अनुसार सञ्चालन हुनेछ । कुनै एक चर्चित टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम नेपाली भाषामा नै हुनेछ भने कार्यक्रम पनि चर्चित कलाकारले नै सञ्चालन गर्ने बताईएको छ ।

प्रतिक्रिया