3078
Shares
जापान । जापानको नागोयामा एक नेपाली महिलाको गाडीको ठक्करबाट घटनास्थलमैं मृत्यु भएको छ ।
सोमबार बिहान नागोयामा ममता मोक्तानको विपरित दिशाबाट आएको गाडीको ठक्करबाट मृत्यु भएको हो । मृतक ममता मोक्तान सैलुङ अनलाईन डट कमका पत्रकार राम तामाङकी श्रीमती हुन ।
नेपालबाट एक महीनाअघि मात्र बिबाह बन्धनमा बाँधिएका यी जोडी अप्रिल ४ मा बिहे गरेर जापान आएका थिए ।
ओकिनावाबाट जापानी भाषा अध्ययन सकेर नागोंयामा होक्काईची कलेज अफ ईन्फरमेशन सेन्मोन गाक्को अध्ययन गर्दै आएकी ममताको कलेज जानेक्रममा साईकललाई गाडीले ठक्कर दिई दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएको थियो ।
नुवाकोटको शिवपुरी गाउँपालिका घर भएका मृतक ममताको माईती भने पर्सा जिल्लामा हो। ममताको मृत्युपछि नागोया प्रहरीले यसबारे अनुसन्धान सुरु गरिसकेको जनाएको छ ।