२०८३, ११ आश्विन आईतवार
×

ट्रेन्डिङ

लन्डनमा मे १२ मा बुद्ध जयन्ती मनाइने,तयारी तिब्र

2853 Shares
Spread the love

लन्डन – लन्डनमा आगामी मे १२ मा बुद्ध जयन्ती मनाइने भएको छ ।

लन्डनको टाफल स्क्वायमा मनाइन लागिएको बुद्ध जयन्तीको तयारी तीब्र पारिएको छ । आइतबार सोही विषयमा सरोकारवालाहरु बीच बैठक बसेको छ । बुद्ध फाउन्डेसन युकेले नेपाली राजदुतावास लन्डन, एनआरएनएन यूके र नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा मे १२ मा बुद्ध जयन्ती मनाउँदै छ । सोही तयारी विषयमा बुद्ध फाउन्डेसले संयुक्त बैठक आह्रवान गरेको हो ।

बैठकमा कार्यक्रमको रुपरेखा, के कसरी सञ्चालन गर्ने र बिगतको कमजोरीहरु नदो¥याउन के गर्ने ? अतिथि र कार्यक्रम संचालन बारे बिभिन्न उपसमितिहरुको कार्ययोजना , प्रगति र सुझाबहरु, आर्थिक संकलन र बजेट तथा हालसम्मको ब्यबस्थापन, सेवा सम्झौता, स्थान बुकिंगलगायतका विविध विषयमा छलफल गरिएको हो ।

बैठकमा एनआरएनएनएन यूकेका अध्यक्ष योगकुमार फगामी, बुद्ध फाउन्डेसनका अध्यक्ष दिपक श्रेष्ठ, बुद्ध जयन्ती कार्यक्रम संयोजक शिवजी श्रेष्ठ, आयोजक समिति संयोजक सुवास सिङ गुरुङ, उपाध्यक्ष हरिश ग्यवाली, आर्थिक संयोजक राजन खकुरेल, उपाध्यक्ष सचिवन श्रेष्ठ, सचिव सुरेन रुपाखेती, एनआरएनएन् उपमहासचिव विनय अधिकारी, कार्यसमिति सदस्य जिवन सेन र हारी गुरुङको सहभागिता थियो ।

प्रतिक्रिया