गोकर्णेश्वर नगरपालिका देसेमा २०२४ सालमा बाबु कुलराज र आमा गोपिनीको कोखबाट जेठा सुपुत्रका रुपमा जन्मलिएका मंगलदास श्रेष्ठ सामाजिक अभियान्ता एवं सफल व्यक्तिव मानिन्छन् ।
सहयोगी माविबाट अध्ययन थालेका श्रेष्ठले पढाइसँगै व्यापारिक क्षेत्रमा पनि हात हाले । उनी नेपाल सिलाई तथा कपडा व्यावसायी संघको सल्लाहकार, २०४६ मा गोकर्णेश्वर युवा उपकरण क्लबको संस्थापक अध्यक्ष, सन १९९६ मा जोरपाटी लायन्स क्लबको संस्थापक सदस्य, १९९७ गोकर्णेश्वर लायन्स कलबको संस्थापक अध्यक्ष, २०५२ मा स्वर्ण शिक्षा विद्यालय, गोकर्णेश्वर संस्थापक अध्यक्ष, २०६३ मा काठमाडौं जिल्ला फुटबल संघको बोर्ड सदस्य, तात्कालीन श्री ५ वीरेन्द्र यज्ञडोल सामुदायीक लायन्स पार्कको संस्थापक अध्यक्ष (हालको सहिद पार्क), अमेरिकाको न्युर्योकमा विगत ३ वर्षदेखि सञ्चालित नेपाल डे परेडको संस्थापक तथा २०१७ को कन्भेनर, पर्यटन पत्रकार संघको केन्द्रीय सल्लाहकार हुँदै काम गरे र अहिले हामी नेपाली ग्लोबल अन्तर्राष्ट्रिय सस्थाको केन्द्रीय महासचिव भएर काम गरिरहेका छन् । हामी नेपाली ग्लोबल संस्था मार्फत विश्वमा रहेका नेपालीलाई एक बनाउदै उनी राष्ट्र र समाजलाई योगदान पुर्याउने बाटोमा होमिएका छन् ।
श्रेष्ठले सामाजिक कामकै सिलसिलामा २०५१ मा गोकर्णेश्वर महादेब मन्दिरबाट देसे गाँउ जाने पुल निर्माण गर्ने अभियानकर्ता हुन् । उनले गोकर्णेश्वर महादेव स्थानको घाटमा दाउरा व्यवस्थापन गर्ने, सहिद पार्क (जागडोल वन) को जग्गा यकिन गर्न व्याक्तिगत खर्च गरेको, २०४६ तिर गोकर्णेश्वर क्षेत्रका नदी नियन्त्रणमा अगुवाकर्ता, उत्तरबाहिनी मन्दिर परिसर नाइडोल ,जगडोलमा विक्षारोपण अभियान सुरुवात, गोकर्णेश्वर क्षेत्रका अधिकाशं मन्दिर निमार्ण आर्थिक सहयोग,हजार भन्दा बढि अनाथ तथा गरिब बालवालिकाहरूलाई लत्ता कपडा किताब कापी सहयोग गरेका छन् ।
ऊनकै नेतृत्वमा दर्जनौं रक्तदान कार्यत्रम र स्वय आफैले ३३ फटक रक्तदान गरेको, निशुल्क आँखा शिविर, आँखा दान तथा शल्यत्रिया कार्यक्रम संचालन, गोकर्णेश्वर विन्तुना थालिको सुरुवात,वडा स्तरीय फुटबल तथा भलिबल प्रयतियोगिता,नुवाकोटमा एम्बुलेन्स किन्न आर्थिक सहयोग,अमेरिका रहेका नेपालीको नयाँ लायन्स क्लब खोल्न संयोजकत्वको भुमिका ,हाल लायन्स क्लब इन्टरनेसलको विशेष संयोजकका रुपमा लगाएतका थुप्रै सामाजिक कामहरूमा देन दिएका छन ।

श्रेष्ठ सामाजिक अभियानकर्ताका साथै रंगमञ्चमा समेत नायकका रुपमा अभिनय गरेका थिए । २०४३/४४ तिर नाटक, भिडियो फिल्म र टेलिफिल्महरूमा नायकको भुमिकामा खेल्नुका साथै नाटक निर्देशनसमेत गरेका थिए ।