२०८३, २४ कार्तिक सोमबार
×

यस्तो बन्यो ‘दाल भात तरकारी’को ट्रेलर (भिडियो)

1347 Shares

काठमाडौं– ‘दाल भात तरकारी’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरले सिनेमा कमेडीले भरिएको देखाएको छ । सार्वजनिक ट्रेलरमा सिनेमाका मुख्य कलाकारहरु विदेश मोहलाई देखाइएको छ ।

ट्रेलरमा हरिवंश आचार्य, निरूता सिंह, पुष्प खड्का, आँचल शर्मा, वर्षा राउत, राजाराम पौडेल, शिवहरी पौडेल, किरण केसी, बसुन्धारा भुषाल, रविन तामाङ, शिशिर वाङ्देल, विल्सन विक्रम राईलगायतलाई पनि ट्रेलरमा स्थान दिइएको छ ।

सिनेमा वैशाख २० मा रिलिज हुनेछ। किरण केसी प्रस्तुतकर्ता रहेको सिनेमाको कथा हरिवंश आचार्यले लेखेका हुन् । कथासँगै पटकथा तथा संवाद पनि उनकै हो ।

सुदन केसी सिनेमाका निर्देशक हुन् । उनको यो डेब्यू निर्देशन हो।

मित्र डि. गुरुङको सम्पादन रहेको सिनेमालाई दिर्घ गुरुङले खिचेका हुन् । सिनेमामा प्रमिला आचार्य, यमन श्रेष्ठ, शिवहरी पौडेल नरेन्द्र कंसाकार लगायतको लगानी छ । प्रविन सिंह र कविराज गहतराजको सिनेमाका गीतमा कोरियोग्राफी गरेका हुन् ।

हेर्नुहोस ट्रेलरः

प्रतिक्रिया