२०८३, ११ आश्विन आईतवार
×

ट्रेन्डिङ

नयाँ बर्षको अवसरमा ग्रेटर रेडिंग नेपाली समाजले साँस्कृतिक कार्यकमको आयोजना गर्दै

1705 Shares
Spread the love

बेलायत– ग्रेटर रेडिंग नेपाली समाज(जीआरएनसीए)ले बिगत वर्षहरूझै यस वर्ष पनि नेपालीहरुको नयाँ बर्षको पावन अवसरमा “शुभ–कामना विशेष कार्यकम“ यही १३ एप्रिल २०१९मा ‘द वेरआउसको स्पोर्टस हल’मा सॉझ ६ बजे देखि १०ः३० बजे सम्म भव्यताका साथ मनाउने भएको छ ।

आयोजकले उक्त दिन लाई अबिश्मरणीय बनाउन मीठो खानासहीत नेपालबाट बेलायत पुगेका चर्चित गायक हिमाल सागर र आशीष सचिनको बेजोड प्रस्तुती लगायत स्थानिय कलाकारहरुको नृत्य सहित साँस्कृतीक कार्यकम गर्न लागेको छ । उक्त कार्यक्रमका लागि बेलायतमा भएका नेपालीहरुको गरिमामय उपस्थीतीको लागी आयोजकले हार्दिक अनुरोध गरेको छ ।

प्रतिक्रिया