२०८३, २४ कार्तिक सोमबार
×

प्रकाश सपूतको दोहोरी ब्याटल २’को भ्युज ३२ लाख पुग्यो

1818 Shares

काठमाडौं – गायक प्रकाश सपूत र प्रिती आलेको आवाजमा रहेको गीत ‘दोहोरी ब्याटल २’ नेपाल युट्युबको ट्रेन्डिङ नम्बर एकमा उक्लीएको गित । आज २ मा पुगेको छ । उक्त गित अपलोड गरेको ५ दिनमै ३२ लाख भ्युज पुगेको हो ।

यसअघि ल्याएको गीत ‘दोहोरी ब्याटल’ को सफलतापछि यो गीत सार्वजनिक गरेको गायक सपूतले बताएका छन् । गीतमा पति र पत्नीको डिभोर्स भएपछि ‘डिभोर्स पार्टी’ गरिएको विषयलाई कथामा समेटिएको छ ।

सपूत यसअघि लोकगीत ‘बोल माया’ गाएर चर्चामा आएका थिए । ‘दोहोरी ब्याटल २’ मा प्रकाश सपूतकै शब्द तथा संगीत छ भने श्यामश्वेत रसाइलीको एरेन्ज छ ।

गीतको भिडियोको छायांकन एक क्लबमा गरिएको छ । गीतको भिडियोमा गायक सपूत र गायिका प्रिती आलेकै अभिनय रहेको छ भने निर्देशन प्रकाश सपूतको छ ।

हेर्नुहोस भिडियोः

प्रतिक्रिया