काठमाडौं– एक समयका चर्चित अभिनेता दीलिप रायमाझीको पछिल्लो समय चलचित्र आएको छैन । उनी अहिले चलचित्र अभिनयभन्दा बाहिर रहेका छन् ।
उत्कृष्ट नृत्य कलाका कारण दर्शक माझ लोकप्रिय रायमाझी अहिले भने एक म्युजिक भिडियोमा देखिएका छन् । उनी गायक शंकरलाल श्रेष्ठको स्वर रहेको ‘माया त लाउने हो’ बोलको गीतको भिडियोमा अभिनेत्री मरिष्का पोखरेलसँग देखिएका हुन् ।
भिडियो आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा विमोचन गरिएको छ । सेलिब्रेटी नेपालको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गीतमा नेपाली चलचित्रका पुराना निर्देशक दयाराम दाहालको शब्द तथा संगीत छ ।
गायक शंकरलालको यो दोस्रो गीत हो । २०५४ सालमा पहिलो गीत गाएको बताउँदै विशेष कारणले धेरै वर्ष गीतसंगीतबाट टाढा रहेपनि आउँदा दिनमा गीतसंगीतलाई निरन्तरता दिने गायक शंकरलालले कार्यक्रममा बताए ।
त्यस्तै अभिनेत्री मरिष्काले आफूले सानैदेखि अभिनेता दीलिपको चलचित्र हेर्ने, गीतमा नृत्य गर्ने गरेको स्मरण गर्दै सँगै काम गर्न पाएकोमा खुःखी व्यक्त गरिन् । निर्देशक तथा कोरियोग्राफर लिगेश भट्टराईले भिडियोलाई सक्दो राम्रो बनाउने प्रयास गरेको बताए ।
प्रिमियरमा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाले बधाई तथा शुभकामना दिँदै आफूले पहिलोचोटी म्यूजिक भिडियो निर्माण गर्दाको स्मरण सुनाए ।
‘पहिलोपटक अभिनेता भुवन केसीको गीतको भिडियो बनाउँदा मैले धेरै गाली खाएको थिए’ शम्भुजितले भने, ‘आज त्यही भिडियोको स्वरुपले ब्यापकता लिएकोमा खुःसी छु ।’ भिडियो सार्वजनिक कार्यक्रममा अभिनेता कृष्ण मल्ल, कलाकार रविन्द्र खड्का लगायतले शुभकामना दिएका थिए ।
भिडियोलाइ सेलिब्रेटी नेपालले निर्माण गरेको काभ्रेको रमणीय स्थानमा छायाँकन गरिएको हो ।
https://youtu.be/PGFle_pfoZg