२०८३, २४ कार्तिक सोमबार
×

यी नायकले कार्यकर्तालाई सडकमा लखेटी-लखेटी कुटे (भिडियो सहित)

1289 Shares

साउथका चर्चित नायक एवं राजनेता नन्दमुरी बालाकृष्ण फेरी एक पटक बिवादमा आएका छन् । फिल्मी करियरसंगै राजनितीमा समेत प्रबेश गरेका यी नायक पर्दामा पनि एग्रेसिब अवतारमा देखिन्छन् भने वास्तविक जीवनमा पनि उनी यस्तै स्वभावका छन । यतिबेला उनको एउटा भिडियो निकै भाईरल बनिरहेको छ । जसमा उनले आफनै कार्यकर्तामाथि अभद्र व्यवहार गरेका छन् । जसको कारण यतिबेला उनको आलोचना भईरहेको छ । तेलगुदेशम पार्टीका विधायकसमेत रहेका बालाकृष्णले चुनावी अभियानको कार्यक्रममा पार्टी कार्यकर्तालाई पिटेका छन् । जुन भिडियो निकै भाईरल बनिरहेको छ ।

चुनावी कार्यक्रम अन्तरगत भएको रोड शोका दौरान उनी आक्रोसित बनेको र रिस खप्न नसकेर उनले पार्टी कार्यकर्तालाई कुटेको बताईएको छ । बिजयनगर जिल्लामा भएको चुनावी अभिनयानमा कार्यकर्ता र समर्थकहरुको भीड लागेको थियो । जहाँ उनलाई परिस्थितीबस रिस उठ्यो र उनले सडकमा नै कार्यकर्तालाई लखेटीलखेटी पिटेका हुन् ।  उनी हिन्दुपुर विधानसभाका विधायक हुन भने उनी यस पटक पनि चुनाव लडिरहेका छन् । हेर्दे दबंश शैलीका यी नायक आन्ध्र प्रदेशका मुख्यमन्त्रीको बहिनी ज्वाईसमेत हुन् ।

उता यस भिडियोलाई कांग्रेसले खुबै सेयर गरिरहेको छ । जुन भिडियोको कारण बालाकृष्णको यतिबेला खुबै आलोचना भईरहेको छ । उनले यसअघि पनि चुनावी प्रचारकै क्रममा पत्रकारलाई पनि पिटेका थिए । जुन बेला उनले पिट्ने मात्र होईन ज्यानै मार्ने धम्की समेत दिएका थिए । बालकलाकारको रुपमा नै आफनो अभिनय यात्रा थालेका बालाकृष्णाले १९८४ मा नायकको रुपमा साउथमा डेब्यु गरेका थिए ।

प्रतिक्रिया