२०८२, २७ माघ सोमबार
×

ट्रेन्डिङ

रेलको ठक्करबाट एकै ठाउँमा तीन जनाको मृत्यु

2223 Shares
Spread the love

लन्डन, बेलायत । लण्डनको दक्षिणी क्षेत्र लागबरोमा एक रेलको ठक्करबाट कम्तीमा तीन जनाको मृत्यु भएको बेलायती यातायात प्रहरीले जनाएको छ।

उक्त स्थानमा मृत शरीर भेटिएपछि स्थानीयद्वारा यातायात प्रहरीहरूलाई बोलाइएका थिए।

मेरो समूहले अहिले रेलको ठक्करले मृत्यु भएका भनिएका मानिसको मृत्युबारे अनुसन्धान गरिरहेको छ, छिट्टै यसबारे सत्यतथ्य बाहिर ल्याइने छ, यातायात प्रहरीका अनुसन्धान अधिकारी ग्रे रिचार्डसनले भने।

अधिकारीहरू अहिले मृतकको पहिचान र घटनाबारे जानकारी लिन घटनास्थलमा पुगिसकेका छन्।

दुर्घटनाबारे छानवीन जारी रहेकाले शहरी क्षेत्रबाट बाहिरिने र शहरमा भित्रिने रेल सेवा केही समय अवरुद्ध हुनेछ। छानविन सकिँदा वित्तिकै सेवा सुचालु हुनेछ।

प्रतिक्रिया