२०८३, २४ कार्तिक सोमबार
×

बिना मेकअप र चस्मा लगाएको भन्दै जजको गाली, श्रृङखलाले दिईन जवाफ (भिडियो सहित)

1658 Shares

केही दिन यता मिस नेपालमा सहभागी हुन पुगेकी ललितपुरकी अस्मिता महर्जनलाई मेकअप बिना र चस्मा लगाएर आएको भन्दै जज रचना गुरुङ शर्माले प्रश्न उठाएकी थिईन । जुन भिडियो यतिबेला सामाजिक सञ्जालमा निकै भाईरल बन्यो । कम्प्युटर इन्जिनियरिङ गरिरहेको बताउने अस्मितालाई त्यस्तो प्रश्न सोध्दै रचनाले कार्यक्रमको नै अनादर गरेको भन्दै गाली गरेकी थिईन् । जुन भिडियोको धेरैले आलोचना गरे । अधिकांशले अस्मिताले बिना मेकअप अडिसनमा गएको भन्दै प्रशंसा गरिरहेका छन् ।

उनै अस्मिताको मिस नेपाल श्रृङखला खतिवडाले पनि समर्थन गरेकीछिन् । केही समय अगाडीमात्र विश्व सुन्दरी प्रतियोगितामा भाग लिई विश्वभर नेपाललाई थप चर्चामा ल्याएकी उनले बिना मेकअप पनि सुन्दर देख्न सकिन्छ  भन्दै अस्मिताको समर्थन गरेकी हुन ।  उनले ट्वीटरमा बिना मेकअपको तस्बिर पोस्ट गर्दे बिना मेकअप आएको भन्दै गाली गर्ने रचनालाई बौदिक तरिकाले जवाफ दिएकी हुन् । उनले तस्बिरमा लेखेकीछिन् “नो मेक अप एण्ड स्टिल व्युटीफूल’ अर्थात् ‘मेकअप नगरे पनि सुन्दर” । उता अस्मिता भने मिस नेपालको टप २६ मा पुगेकीछिन् । एक फेसबुक पोस्ट मार्फत उनले यसबारे जानकारी गराइन् । उनले केहि समय अघि मात्रै ‘रोड टु मिस नेपाल २०१९’ भन्दै एक फेसबुक पोस्ट गरेकी थिइन् ।

 

 

अस्मिता महर्जन

https://www.youtube.com/watch?v=MWCAyYkfOSc

प्रतिक्रिया