1378
Shares
काठमाडौं – कीर्तिपुर नगरपालिकाको २३ औं स्थापना दिवसको उपलक्ष्यमा ‘कीर्तिपुर महिला महोत्सव २०७५’ बिहीबारदेखि सुरू भएको छ। ‘कीर्तिपुर वुमेन्स फेस्टिभल २०७५’ नामाकरण गरिएको उक्त महोत्सव चैत २१ गतेदेखि २३ गतेसम्म हुनेछ। कीर्तिपुर नगरपालिकाको पुरानो वस्तीभित्र परेका वडा १, २, ३ र १० मा उक्त महोत्सव हुनेछ।
महोत्सवमा कीर्तिपुरका स्थानीय महिलाहरूले उत्पादन गरेका विभिन्न सामग्रीहरू प्रर्दशनीमा राखिएको छ। विविध नेवाः परिकारहरूले उत्सवमा स्वाद थपेको छ।
तीन दिनसम्म चल्ने महोत्सवमा टोलटोलमा मौलिक नेवाः सांस्कृतिक झाँकीका साथै सांगीतिक लाइभ कन्सर्ट पनि हुने नगरपालिकाले जनाएको छ। कीर्तिपुरका मौलिक विशेषताहरू झल्काउने गरी आयोजना गरिएको महोत्सवमा सहभागी हुन नगरपालिकाले अनुरोध पनि गरेको छ।