1671
Shares
लन्डन– नेपाली कांग्रेको शुभेच्छुक संस्था नेपाल प्रेस युनियन बेलायतको अध्यक्षमा विपिन निरौला चयन भएका छन् । लन्डनको प्लमस्डेटमा भएको पहिलो अधिवेशनले बिपिन निरौलाको अध्यक्षतामा १७ सदस्यीय कार्यसमितिको सर्वसम्मत चयन गरेको छ । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा खेमराज रानाभाट र एभरेस्ट गौतम, सचिवमा मन्दीप केसी, प्रवक्तामा भीम खरेल, सहसचिवमा कृष्णा भण्डारी र कोषाध्यक्षमा सन्तोष भट्टराई निर्वाचित भएका छन् । त्यस्तैगरी सदस्यहरुमा खुशी लिम्बु, दयालु देवकोटा, लालमणि भट्टराई, सवेन्द्र अधिकारी, मिलन शर्मा, सुरेन्द्र रुपाखेती, जेनी भट्टराई, रोमियन लिम्बु र सिमी पुन निर्वाचित भएका छन् ।

