२०८३, २५ कार्तिक मंगलवार
×

अभिनेत्री ऐश्वर्य रायले भनिन्–“ म फिल्म निर्देशन पनि गर्न चाहन्छु”

2336 Shares

एजेन्सी– अभिनेत्री ऐश्वर्य राय बच्चन बलिउडमा निकै मन पराइएको र लोकप्रिय अभिनेत्री हुन् । अभिनेत्री ऐशवर्य ‘फन्ने खान’मा अन्तिम पटक देखिएकी थिइन्, जुन फिल्ममा उनी एक गायिकाको भूमिकामा देखिएकी थिइन् । अहिले आएर अभिनेत्री ऐश्वर्य अभिनयसँगै फिल्म निर्देशन पनि गर्न चाहन्छिन् ।

डिएनएलाई दिएकी एक अन्तर्वार्तामा ऐश्वर्यलाई जब निर्देशनको बारेमा सोधियो, त्यतिखेर उनले भनिन्, ‘मैले फिल्मलाई निर्देशन पनि गर्न चाहन्छु । अहिलेसम्म मैले निर्देशनमा कुनै समय र इनर्जी लगाएकी छैन । अब मैले यो विषयमा गम्भीरता पूर्वक सोच्नुपर्छ । मेरा सहयोगीहरुले मलाई जहिल्यै पनि सोध्ने प्रश्न हो, ‘किन तपाईले फिल्म निर्माण र निर्देशन गर्नुहुन्न ? किन आफ्नै फिल्म बनाउनुहुन्न ?’’उनले भनिन् ।

यसका साथै अभिनेत्री ऐश्वर्यले भनिन्, ‘प्रोडक्शनलाई लिएर धेरै कुराहरु भइरहेको छ । मलाई धेरै जनाबाट प्रतिक्रियाहरु आइरहेको छ । यसको लागि म निकै उत्साहजनक छु । अहिलेसम्म मैले फिल्म निर्देशनमा खासै ध्यान दिएकी छैन् ।’

उनले थपिन्, ‘कयौं वर्षदेखि म यस क्षेत्रमा काम गरिरहेकी छु । मैले सँधै एक प्रतिद्वन्द्धी अभिनेत्रीको रुपमा मात्र काम गरेकी छु ।’

वर्कफ्रन्टको कुरा गर्नुपर्दा फिल्ममेकर सञ्जय लीला भंसालीले चर्चित कवि तथा लेखक साहिर लुधियानवीको बायोपिक बनाउँदैछन् । यसै फिल्मको मुख्य भूमिकाको लागि ऐश्वर्य राय र अभिषेक बच्चनको नाम आइरहेको छ । रिपोर्टका अनुसार सञ्जयले ऐश्वर्य र अभिषेकको जोडीलाई अप्रोच गरेका छन् ।

प्रतिक्रिया