२०८३, २५ कार्तिक मंगलवार
×

‘बोत्तलको पानि’मा देखिए निर्देशक लिगेश (भिडियो सहित)

1227 Shares

काठमाडौँ  – फिल्म निर्देशक तथा मोडल लिगेश भट्टराई ‘बोत्तलको पानी’ गितको म्युजिक भिडियोमा अभिनय गरेका छन् । गायक बादल श्रेष्ठको ‘बोतलको पानी’ गीतमा भट्टराईले अभिनय गरेका हुन ।

दर्जनौं गीतहरुमा आफ्नो आवाज भरिसकेका गायक बादल श्रेष्ठको नयाँ गीत ‘बोतलको पानी’ को म्युजिक भिडियो भर्खरै मात्र युट्युब मार्फत सार्वजनिक भएको हो ।

बिशाल निरौलाको शब्द तथा संगीतमा रहेको उक्त म्युजिक भिडियोलाई छायाँकार मदन कश्यप घिमिरेले छायांकन गरेका छन् भने निर्देशन स्वयम लिगेश भट्टराईलेनै गरेका छन्।

निर्देशक लिगेश भट्टराईलाई अभिनयमा नायिका तथा मोडल अनु शाहले साथ दिएकी छन भने भिडियोलाई निर्माता बिबेक शर्मा र बर्षा थापाले निर्माण गरेका हुन्।

भिडियो

प्रतिक्रिया