२०८३, २५ कार्तिक मंगलवार
×

रामेछाप तामाङ कलाकारहरुको प्रथम भेला काठमाडौंमा हुने

3206 Shares

काठमाडौं – रामेछाप तामाङ कलाकारहरुको प्रथम भेला काठमाडौंको बौद्धमा हुने भएको छ ।

रामेछापेली तामाङ कलाकारहरुको संरक्षण एव्म सम्वरर्धन गर्ने उदेश्य लिएर आउदो शनिवार (चैत्र १६) दिउसो २ बजे बौद्ध स्थित सनराइज बैंक अगाडी रहेको “कोनिच क्याफे डे हट प्लेट” को सभाहलमा भेला गर्न लागेको हो ।

रामेछापेली तामाङ कलाकारहरुको विविध कला सस्कृती,भाषा ,भेषभुषा ,गित सङ्गीत ,धार्मीक तथा सास्कृतीक सम्पदा र संस्कृतिको उत्थान,प्रबर्द्धन ,संरक्षण,एंव प्रचार प्रसारका साथै रामेछापका तामाङ कलाकारहरुको खोज,एकता र एउटै साझा सस्था स्थापना र संरक्षणको लागि उक्त बृहत् भेला हुन लागेको कलाकार सन्ध्या मोक्तानले जानकारी दिएकी छन् ।

“शनिबार बौद्ध जाउ, रामेछाप बासि तामाङ कलाकारहरुको पहिलो भेलामा सहभागी बनौं ।” भन्ने मुल नाराका साथ आयोजना हुन लागेको भेलामा रामेछापका विविध विद्यामा सकृय तामाङ कलाकारहरुलाई निमन्त्रणा गरिएको आयोजकले जानकारी दिएको छ ।

रामेछाप जिल्लाका तामाङ कलाकारहरु गायन,सङ्गीत,नृत्य,अभिनय,रचना लगायत कलाकारिताको विविध विद्यामा पेसागत रूपमा आबद्ध सम्पुर्णलाई भेलामा उपस्थिति भईदिन रामेछाप तामाङ कलाकार भेला तयारी समितिले आग्रह गरेको छ ।

रामेछापलाई तामाङ कलाकारहरुको बाहुल्यता रहेको जिल्ला भनेर समेत चिनिदै आएको छ ।

प्रतिक्रिया