२०८३, १७ बैशाख बिहीबार
×

ट्रेन्डिङ

सुस्ताबासीले भत्काए गण्डक बाँध

2500 Shares
Spread the love

काठमाडौं। आफ्नो सयौं बिघा खेती योग्य जमिन डुबानमा परेपछि नवलपरासीका सुस्तावासीले गण्डक नरहको बाँध भत्काइ दिएका छन्। भारतीय बाँधका कारण वर्षेनी सयौं बिघा खेती योग्य जमिन डुबानमा पर्न थालेपछि बाँध भत्काएका हुन्।

दुई दिनदेखि लगातार परेको वर्षाका कारण पानीले खेती योग्य जमिन डुबानमा परेपछि सुस्तावासीले गण्डक नहरको बाँध भत्काएर पानीलाई निकास दिएका छन्।

स्थानीयले सुस्ता गाउँपालिका–२ को गुडरिया भन्ने स्थानमा बाँध भत्कारए उत्तर प्रदेशतर्फ जाने नहरमा पानी खसालिएको छ। सुस्ताबासीले नहर भत्काएपछि भारतीय पक्षसँग छलफल सुरु भएको नवलपरासीका प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन्।

प्रतिक्रिया