२०८३, २४ कार्तिक सोमबार
×

सलमान र आलियाको जोडी एकसाथ फिल्ममा

1204 Shares

कुनै समय सामान्य ज्ञान पनि नभएको भन्दै हाँसोको पात्र बनेकी नायिका आलिया भट्टले पछिल्लो समय आफनो अभिनयमा निकै सुधार गर्दे लभस्टोरीमात्र होईन हाईवे र राजी जस्ता फिल्महरुमा पनि काम गरिन् । बिषेशगरी उनको फिल्म राजीको सफलतापछि आलियाको चर्चा र लोकप्रियता थप बलियो भएको छ। यसको फाईदा आलियाले पाएकी छिन् त्यो पनि ठुलो व्यानर र बजेटको फिल्म । जसलाई हम दिल दे चुके सनम , देवदास , गोलियोकी रासलिला रामलिला र बाजीराव मस्तानी जस्ता ब्लकबस्टर फिल्म निर्माण एवं निर्देशन गरिसकेका सञ्जयलिला भन्सालीको फिल्म ‘इन्साअल्ला’ मा अनुबन्धित भएकीछिन् जुन फिल्ममा सलमान खान नायक रहेका छन् । यसअघि डियर जिन्दगीमा सारुख खानसंग काम गरिसकेकी आलिया सलमानसंग फिल्ममा काम गर्न पाउँदा फुरुङग भएकीछिन् ।

यसअघि कार्यक्रमहरुकै सिलसिलामा सलमानसंग स्टेज सेयर गरेकी आलिया र सलमानको जोडी पर्दामा कस्तो देखिएका त्यो भने प्रतिक्षाको बिषय नै हुनेछ । फिल्म कस्तो बिषयमा बन्न लागिरहेको छ भन्ने चाही खुलाएको छैन तर सलमान र आलियाको जोडीलाई लिएर भने खुबै चर्चा भईरहेका छन् । यसअघि सलमानले प्रेम रतन धन पायोमा पनि आफुभन्दा धेरै कान्छी सोनम कपुरसंग काम गरेका थिए जहाँ उनले आफनो साथीको छोरीसंग रोमान्स गर्दा निकै गाह्रो भएको बताएका थिए ।यता सलमान र सञ्जय लिला भन्साली लामो समयपछि एकसाथ काम गर्देछन् । स्मरण रहोस सञ्जयले सलमान र एश्वर्या राय बच्चनलाई ध्यानमा राखेर बाजीराव मस्तानीको कथा लेखेका थिए तर उनीहरुको ब्रेकअप भएपछि यो प्रोजेक्ट रोकिएको थियो । जसलाई उनले रणवीर सिंह र दिपिका पादुकोणलाई लिएर बनाएका थिए ।

प्रतिक्रिया