२०८३, १२ श्रावण मंगलवार
×

ट्रेन्डिङ

सिमरास्थित हुलास स्टिल इन्डस्ट्रिजमा भिषण आगलागी, ४० लाख भन्दा बढी क्षतिको अनुमान

1592 Shares
Spread the love

बारा  – बाराको सिमरास्थित हुलास स्टिल इन्डस्ट्रिज प्रालिमा आगलागी भएको छ ।

शनिबार मध्याह्न १२ बजेतिर हुलास स्टिलको कुलिङ टावरमा लागेको आगलागीबाट ४० लाख रुपैयाँभन्दा बढीकोे क्षति पुगेको प्रारम्भिक अनुमान छ ।

आगो सल्किरहेको अवस्थामा कर्मचारी त्यहाँ पुगेको बताइएको छ ।

नेपाल आयल निगम अमलेखगन्ज र जीतपुर–सिमरा उपमहानगरपालिकाको बारुणयन्त्रको सहायतामा करिब ४० मिनेटको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो ।

आगलागीको कारण भने खुल्न सकेको छैन ।

प्रतिक्रिया